मुसी नाटकको विश्लेषण

मुकुन्दप्रसाद शर्मा
उप –प्राध्यापक
म. प. विश्वविद्यालय ,मुसिकोट खलंगा बहुमुखी क्याम्पस स्कुम (पश्चिम)

सार

‘मुसी’ नाटक एक ऐतिहाँसिक बिषयबस्तुमा आधारित नाटक हो । पुरानो किवंदन्तीलाई अस्विकार गरी राज्यमा विशिष्ट प्रकारको योगदान नभई उसको नामबाट राज्यको नामाकरण हुनसक्दैन भन्ने ऐतिहाँसिक तत्थ्यलाई व्यक्त गर्न खोजिएको छ । कथावस्तु,चरित्र,उद्देश्य, परिवेश र भाषाशैलीको आधारमा मुसी नाटकको विश्लेषण गरिएको छ ।
प्रमुख शव्दावली ः कथावस्तु, पात्र,उद्देश्य,परिवेश, भाषाशैली ।
समस्या कथन ः
नाट्य तत्वका आधारमा ‘मुसी’नाटकको विश्लेषण के कसरी गर्न सकिन्छ ? भन्ने समस्या नै यस अनुसन्धानका समस्या हुन् ।
उद्देश्य 
यस अध्ययनको उद्देश्य नाट्यगत तत्वका आधारमा मुसी नाटकको विश्लेषण गर्नु रहेको छ ।
अध्ययन विधि  
यस अध्ययनमा मूलत  वर्णनात्मक विश्लेषणात्मक तथा पुस्तकालय अध्ययन विधि अपनाएको छ ।
१)पृष्ठभूमि
मुसिकोट नामाकरणको बारेमा दृष्टिकोण प्रस्तुत गर्दै सरोकारवालाहरुलाई वास्तविक इतिहास खोजीको लागि घचघच्याउनु यस नाटकको मूल उद्देश्य हो । पन्र्धौँ शताब्दीतिर स्थापित बाइसे राज्यको एक राज्य रुकुम रहेको लिखित इतिहास रहेपनि रुकुम राज्य टुक्रिएर बनेका कयौँ उपराज्यहरुको क्रमबद्ध व्यवस्थित लिखित इतिहास भेटिएको छैन । जनश्रुति अनुसार हालको रुकुम चौखावाद्वमा रहेको कुप्रिकोटबाट सत्रौँ शताब्दीको अनत्यतिर राज्य संचालन भएको बुझिन्छ । स्थलगत अध्ययन,भौगोलिक संरचना पुरातत्विक अवयवले कुप्रिकोटमा राजाको दरवार रहेको प्रमाण वक्दछन । उक्त राजा शाहवँशीय नै थिए भन्ने जनश्रुतीको अधिकता भएपनि केहीको भनाइ र राजाले वँगुर पालेको भनाइले ति राजा मगर राजा पनि हुनसक्ने अनरमान पनि तथ्य भन्दा परको नहुन सक्छ । कुप्रिकोट राजाको एकजना मुसी नामकी सुसारे रहेकी र उ पहिलो पटक कोटमा पुगेको हुदा सुसारेकै नामबाट मुसिको राज्य स्थापना हुन पुगेको जनश्रुतीमा समानता पाइन्छ । यद्यपी ती सुसारे वोरागाउँ माथिको डाँडासम्म पुगेको कारणहरुमा विविधता पाइन्छ । लेखकको देष्टिकोण अनुसार मुसीमा असामान्य प्रतिभा नभै वा राज्यको लागि कुनै ठूला भूमिका नभै तल्लो स्तरको कारिन्दा सुसारेले पात टिप्न जाँदा वा सँगुर खोज्न जाँदा भेटिएको डाँडाको जानकारी राजालाई दिदैमा मात्रै सुसारेका नामबाट राज्यकै नाम रहनु मिथ्या तर्क बताउँछन । मुसिकोट राज्यस्थापनासँग यसको विघटन पनि जोडिएर आउने कुरा भएको लिखित इतिहास रहेकोले मुसिकोट दरबारको अस्तित्व पचास वर्ष देखि दुईसय वर्षसम्मको अन्तरालमा भएको देखिन्छ । नाटकमा राज्य विघटनको घटनालाई समेत मुसिकोट राज्य स्थापनासँगै जोडिएको हुँदा दर्शकहरुलाई अस्वभाविक लाग्न सक्छ । यी दुवै घटना मुसिकोट राज्यको ऐतिहासिकतासँग जोडिएकोले एउटै नाटकमा बुनिएको मात्र हो ।

२) नाटककारको परिचय :–

नाटककार पूर्णबहादुर ओलीको जन्म वि.सं. २०२४ साल भाद्र २९ गते मुसिकोट नगरपालिका वडा नं. ४ सोलावाङ रुकुम (पश्चिम) मा भएको हो । उनको बुवा को नाम यज्ञबहादुर ओली र आमाको नाम योगमाया ओली हो । जीवनसाथी देवकुमारी ओलीको सहयोगले ओलीले साहित्य लेखनलाई अगाडी बढाएको देखिन्छ । हाल निजामती कर्मचारीको पदमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

मान्छेको माया (गीतिनाटक) जितौरी (कथासंग्रह) जसमा १७ वटा कथाहरु संकलित छन् । दिन फिर्छन त ? (खण्डकाव्य), मुसि (ऐतिहासिक नाटक), थुप्रै फुटकर कविता, कथा र लेखहरु प्रकाशित गरेका लेखक ओली हाल मुसी नाटकको अभिनयमा केन्द्रित रहेको देखिन्छन् ।
३) नाट्य प्रवृत्ति÷विशेषताहरु :–

१) सामाजिक, पौराणिक र ऐतिहासिक विषयवस्तुमा नाटकहरुको रचना गर्नु ।
२) ऐतिहासिक विषयवस्तुलाई उठाएर पौराणिक सत्यतालाई उजागर गर्न सफल नाटककार ।
३) राष्ट्रप्रेम र मानवतावादी चिन्तनको अभिव्यक्ति ।
४) सुखान्त र दुखान्तको समिश्रण ।
५) मौलिक अभिनयको सशक्त प्रस्तुतिलाई व्यक्त गर्ने नाटककार ।
६) कथावस्तुलाई सशक्त बनाउन द्धन्दको प्रभावकारी प्रस्तुतिलाई व्यक्त गर्नु ।
७) ठेट नेपाली शब्दहरुको मौलिक प्रयोग गर्नमा खप्पीस नाटककार ।

४) कथावस्तु÷कथानक :–

भारदारी सभा बस्ने तयारी भएको छ, मुख्तियार भारदारहरु आ–आफ्नो आसनमा बसेका छन् सरकारको सवारी भएको छ भने सरकारको जय होस भन्ने आवाज घन्किएको छ । राजाको आदेश बमोजिम मुख्तियारले राज्यमा सबै राम्रो भएको जनता कसैले दुुःख नपाएको कुरा सुनाउँछन् । उक्त सभामा बाँफिकोट राज्य, रुकुमकोट राज्य, मठगाउँ आदिको चर्चा भएको छ भने दक्षिण क्षेत्रबाट गोरखे फौज पस्न सक्ने संकेत गरिएको छ । जुन मुरु, खारा, जिवाङ्ग हो । पश्चिम क्षेत्र भनेको चौरजहारी हो, नदी र खोलाले बनाएका खेतीयोग्य जमिन र फाँटहरु त्यहाँ भएको र बैरी आएमा भेरी नदीमा खसाउने योजना त्यस क्षेत्रको भारदारले राजालाई सुनाएको छ । जनताहरुले कुत उठाइरहेको कुत उठाउन कर्मचारीहरु खटाइएको बोली विस्तार गरिएको छ भने सरकारका आदेश एक गाउँको कटुवालले बताइरहेको न्याय छिन्ने व्यवस्था मिलाएको, अपराधीहरुलाई प्राणदण्ड दिने व्यवस्था र कैदखाना बनाउने व्यवस्था मिलाएको कुरा भारदारहरुले राजालाई सु्नाउँछन् ।

पश्चिम क्षेत्रमा राजकुमार घुमिराखेको, उहाँको साथमा दुईजना रहेको, स्थानीय सँस्कृति र सँस्कारमा भूलेको कुरा राजालाई उक्त भारदारी सभामा बताइन्छ । जनताको पीरमर्का बुझ्छ, यो राज्य राजकुमारको हो, सबै विषयको राम्रो प्रबन्ध मिलाउनु भन्दै राजाले भारदारी सभा सकिएको जनाउदिन्छन् । सभा सकिएपछि राजा र रानी विच कुराकानी हुन्छ रानीले राजालाई मुख्तियार बदमास भएको, भारदारहरु कुकार्यमा संलग्न भएको कुतको आधा अंश आफैले लिने गरेको लोभी तथा पानी भएको प्रसँगलाई सुनाउँदा राजालाई रानीको कुरालाई विश्वास गर्दैनन् र रानी लाई धेरै शँका नगर्ने आग्रह गर्दछन् ।

ठिक त्यतिनै बेला गाउँलेहरुले आफूहरुले राज्यबाट दुःख पाएको गीत गाएको आवाज राजाको कानमा पुग्छ । राजाले मुख्तियारलाई बोलाएर बुझ्दा केही नभएको प्रजाहरुको आज चाड हो, रमाइलोको लागि बोल्न पाउने स्वतन्त्रता दिएको भनेर भन्दछन् ।
गाउँमा अनिकाल, महामारी, रुवावासी चलिरहेको छ, गाउँलेहरु विरामीलाई झारफुक गराइरहेको छन्, गाउँका केही मान्छेहरु एकै ठाउँमा बसेर गाउँको अवस्थाबारे छलफल गरिरहेका छन् । गाउँमा गोर्खे फौज पस्नथालेको कुरा पनि गर्छन । गोर्खे फौजले गाउँलेका नाक, जिब्रो सबै काटिदिन्छन् बुढाबुढी सबैको इज्जत बाँकी राख्दैनन् भन्ने खबर आएको छ । मुसी सहितका युवा युवतीहरु गाउँ गाउँमा पुगेर पाइयो खेल्दै ल्याएको भोजन भोकाहरुलाई खुवाएको देखिन्छ । पालै पालो गाउँमा जाँदै दुःखी गरिब र रोगीलाई वितरण गर्दछन् ।

मुसी एउटा पाखोमा घाँस काट्दै ठाडीभाकाका गीतहरु गाइरहेको दृश्य देखिन्छ । त्यतिनै बेला एकजना युवक बेहोश भएर लडेको मुसीले देख्छ । युवकको नाडी, छातीको चाल, छाम्छे उठाउन खोज्दा युवकले ऐया ऐयाको आवज उठाउँछ वाक वाक गर्छ उसलाई महामारीले सताएको मुसीलाई आभास हुन्छ । मुसीले आफ्नो घरमा लग्दा उसका बुवा आमा आत्तिन्छन् । कसलाई ल्याएर आइस । मुसीले जवाफ दिन्छिन् । पाखामा लडेको अवस्थामा भेटाए । महामारीले सताएको छ । हामीलाई महामारी ले छोयो भने बर्बाद हुन्छ । यसो हेर्दा त यो युवक साहुको छोरा जस्तो छ त भनेर मुसीका आमाले भन्दछन् । राजाको छोरा हुनकी या गोर्खे पो होकी भनेर आंकलन गर्छन । मुसीले यिनको ज्यानजाला जस्तो भइसक्यो झाडापखालाको औषधी के हुन्छ भनेर बुवा आमालाई सोधछिन् । उहिले त दही चामल र जमराको पानीले पनि झाडापखाला रोकिन्थ्यो । त्यसपछि मुसी आफन्तकहाँ गएर टीका लगाइ माग्छे र घरमा आएर पखालेर त्यसको झोल राजकुमारलाई खुवाउँछे । बुवाले काँइयोले झार्दै बेसारपानी फुकेर खुवाउँछन्, साउने सक्रान्ती परेकोले दही टीका आफन्तलाई लगाउन लगाएर घरमा आई टीका पखाली राजकुमारलाई खुवाउँदा राजकुमार व्युझिन्छन् । मेरो पुनःजन्म दिने मेरा बाआमा तपाइहरु नै हुनुहुन्छ । मलाई बचाउने देवी मुसी हुन भन्दै राजकुमार मुसीको खुट्टा ढोग्नपुग्छन्, म जान्छु भन्दै हिँडछन् । मुसीको बुवाले पुरा सन्चो भयो भने तिम्रो घरमा पु¥याइदिउँला भन्दै रोक्न खोज्दापनि नमानेर राजकुमार त्यहाँबाट हिडछन् ।

भारदारी सभाको दृश्य देखिन्छ । राजाले भारदारहरुलाई राजकुमार खोइ ? भनेर प्रश्न गर्छन् । तिमीहरु त एक्लै आयौ त, राजकुमारले भन्छन्–म पश्चिम क्षेत्र तिर घुम्दै थिएँ, म एक्कासी पखाला लागेर थलिएँ । आठपहरियाहरु औषधी खोज्न गएर फर्केर आएनन म बेहोश भएँ, मलाई एकजना घर्सेनीले भेटाएर घरमा लगेर उपचागरेपछि म निको भएर आएँ । त्यसलाई पुरस्कार स्वरुप जग्गा फिर्ता दिन्छु । तर आठपहरियाहरु कहाँ गए होलान भनेर राजाले भन्छन् । राजकुमारलाई बचाउनुपर्नेमा आफै बेपत्ता राजाले प्रश्न गर्छन ? भारदारमा कोही मान्छे छ भनेर राजाले सोध्दा राजकुमाले पल्लाघरे साइलाकी छोरीलाई राख्नुपर्छ भन्छन् । यो राज्यमा भारदार जत्रो उच्च पदमा कसरी अवला महिला राख्ने हुँदैन । तिमी के बोल्दै छौ राजकुमार राजाले प्रश्न गर्छन् ? उसका कामहरु एकदमै परिपक्व छन्, पश्चिममा घुम्दा उसलाई मैले नजिकबाट चिनेको छु । तिमी आलाकाचा हौ, तिमी सँग बुद्धि नै छैन । राज्य सञ्चालन गर्न बुद्धि चाहिन्छ । उसँग क्षमता भएमा सुसारेको रुपमा राखौला नि । अरु सबै भारदारहरुले राजकुमारको कुरालाई अस्विकार गर्छन् । त्यो साइँलीकी बुवा राज्यका विरुद्ध मा छ । कानुनको बर्खिलापमा छ । कुत तिर्न पनि आनाकानी गर्छ । उसलाई त्यो सब सिकाउने त्यसकै छोरी हो । गाउँमा अनिकाल र रोग भोक परेको बेला क्षमताभन्दा बढी कुत नतिर्नु भन्दै हिँडेको हामीलाई याद छ भनेर भारदारहरुले बताउँछन् । तिमी हरुले गाउँलेहरुलाई अन्याय गरेको भए तिमी पनि बाँकी रहदैनौ । महिला पनि बोल्न स्वतन्त्र हुन भनेर राजाले भन्छन् र त्यसलाई बोलाउन आग्रह गर्दछन् । बंदेलसहित मुसी राजालाई भेट छिन् । राजकुमारलाई बचाएकोमा मुसिलाई अमूल्य बकसिस दिने कुरा सुनाउँछन । म तपाईहरुको पनि मन जित्न सक्छु भनेर मुसीले बचाउँछिन । राजालाई हजुर हजुर भन्नुहुदैन भनेर मुख्तियारले मुसीलाई भन्दछन् । राजाले राज्यको हालखबर बताउन लगाउँछन् । मुसी भन्छे राज्यमा बेथिती, अन्याय, अनिकाल, महामारीले ग्रस्त छ । गोरर्खे फौजले यसलाई आफ्नो राज्यमा मिलाउन चाहान्छ । गुप्तचरहरु गाउँघरमा घुमिरहेका छन् । उनीहरु संग प्रतिरक्षा गर्ने योजना राज्यसँग छैन । मुसीले यतिका कुरा सुनाउँदा मुख्तियारले यो त हाम्रो राज्यको विद्रोही हो भन्छन् भने राजाले राजकुमारलाई सोध्दा हो भनेर भन्छन् । तर रानीले राजा राज्यको चिन्तामा रहेकोले सबै कुरा नभन्न राजकुमारलाई संकेत गर्छिन । त्यस दिनदेखि त्यो केटी सुसारेको रुपमा काम गर्न राजाले निर्देशन गर्छन । त्यसपछि राजाले जङ्गेलाई मुख्तियार लाई बोलाएर सबै कुरा बुझ्छन्–मुसीको कुरा नपत्याइ बक्सियोस, त्यो मुसी थैली मात्र काटने हो । राजाले गोर्खे फौज राज्यहरु कब्जा गर्दै यहाँ आउन थालेको हल्ला मैले पनि सुनेको छु । लडेर जित्न त गा¥हो छ तर मितेरी लगाउने मिलाएर आफ्नो बनाउन प्रयास गरिसकेको छु भनेर मुख्तियारले भन्दछन् ।
राजाले पुनः मुसीलाई बोलाउँछन्, मुसीले अगाडी भनेका सबै कुरा सत्य हुन् । गाउँमा बेथिती छ । गोर्खे फौज आउन थालेको कुरा भोगिसकेको कुरा हो । तिनीहरुसँग भिडन् तौर तरिका सिकाउनुपर्छ । उनीहरु हाम्रो भूगोल संग परिचित छैनन् । आफ्नै तरिकाले लड्दा हामी सफल हुन्छौं । मित बनाएकाहरुलाई पनि गोर्खे राजाले कैद हालेका छन् । मारिदिएका छन् । तसर्थ उनीहरु सँग हामी लडनै पर्दछ । ल त दरबारको काम सिक्दै गर भनेर राजाले मुसीलाई पठाउँछन् । मुख्तियारले राज्यको चिन्ता नलिन राजालाई सुझाउछन् र सिङगारु नाच हेर्न आग्रह गर्दछन् । जस्तैः–
हिउँ परि विलाउन लाइयो जिवाङ, खारा, खलंगा
समाउ साइले दाइने बाउलो म तराउछु डुङगा ।

राजकुमारका हराएका आठपहरियाहरु दरबारमा आउँछन्, काप्दै राजाले अहिले सम्म कहाँ गएका थियो ? राजकुमारलाई छोडेर बेपत्ता किन भयौं ? उसको ज्यान गएको भए के हुन्थ्यो ? भनेर भन्छन्, राजकुमारको पखाला सञ्चो गराउन औषधी खोज्न जाँदा राजकुमार हराउनुभयो । हामी गाउँ गाउँमा खोज्न थाल्यौ । उहाँलाई कही नपाएर हामी हैरान भयौ । राजकुमार दरबार पुगेको थाह पाएपछि आज हाँमी दरबार आयौ । गाउँ गाउँ घुम्दा गोर्खे फौजको गुप्तचर घुसेको थाहा पायांै । गाउँका केही मान्छेहरु राज्यका विरुद्धमा लागेको थाहा पायौं ।

गोर्खे फौजले साइँला भण्डारीलाई पनि हातमा लिइसके रे ? त्यतिनै बेला मुख्तियारले गाउँलेहरुले पैसरी नाच ल्याएर आएका छन् हेर्न भन्दछन् । राजाले पनि स्विकृति दिन्छन् । अधिकाँश सुसारेहरुले मुसीलाई मुख्तियार भाइ भारदारसँग मुख नलाग्न, सरकारलाई नचाहिने कुरा नर्गन आग्रह गर्छन् । तलाई सिध्याउन तयारी भइरहेको छ । खुरुक्क तैले क्षमा माग्नुपर्छ । उनीहरुको विरोध नगर । छाला काट्ने मैले के अपराध गरेकी छु मुसी भन्दछिन् । महामारीबाट बाँचेर आएको छु साराको ज्यानजाँदा म बाँचेको के काम ? मेरा बुवा आमाको ज्यान गइसक्यो होला । म आराम सँग दरबारमा छु । राजा रानी बुवा आमा जस्तै हुन् । उनीहरुलाई सत्यकुरा लुकाउन गलत हुन्छ । भएनभएको गुणगान गाउनु राम्रो होइन, मैले कसैलाई ढाँटेको छैन । दरबारमा हरेक कुरा ढाँटेर बस्नुपर्दाेरहेछ । बढ्ता नियम हुँदोरहेछ । मलाई गा¥हो भइराखेको छ । बा आमाको खबर केही थाहा छैन् । चिन्ता बा आमाकै छ । डरले होइन असन्तोषले यहाँबाट भाग्न थोलेको छु । कसरी भाग्ने होला भनेर योजना बनाउँदै छु । मुसी भन्दछिन् । आठपहरियाहरुले मुसीलाई समाउन खोज्छन् तर मुसी भाग्छे । राजालाई भागेको कुरा सुनाउँदा एउटा आईमाईलाई समाउन नसकने नामर्दहरु भनेर ह¥काउँछन् । त्यति नै बेला बैरागी भन्छः–
यै होलाकी काले कौवा ठेकीमा अटाउने ।
को बैरी बथानै पस्यो मायाजाल फटाउने ।
चैत्र गइयो बैशाख गइयो सुरु भइयो जेठ ।
छोरी गइयौ रुप्से साइले कइले होला भेट ।

गाउँमा साइलोजी नाच चलिरहेको छ । त्यतिनै बेला गोर्खे फौजका गुप्तचर त्यहाँ आइपुगेका छन् । मुसीले तिमीहरु को हौं ? भन्दा भाग्नखोज्छन् मुसीले साथी हरुलाई समात्न आग्रह गर्दछिन् । गोर्खे गुप्तचर समातिन्छन् । उनीहरुले हामी गोरखाका फौज हौं, हामीहरु चौखावाङ्गी राज्यको सूचना लिन आएका हौं भन्दा मुसीले बन्दी बनाउन साथीहरुलाई आग्रह गर्दछिन् ।

उनीहरुबाट थाह हुन्छ कि गोरखा फौजले चौखावाङ राज्य कब्जा गर्न थालेको छ । सिम्रुतु तथा दलाखेतमा खौला बनाउने, पहाडका पाखाहरुमा ढुङ्गा लडाएर खसाउने, गौडा–गौडामा खुकुरी समातेका मान्छेहरु तयार गर्ने, सोलावाङ्मा बाँसका सोलाहरु गाडने योजना बनाइन्छ ।
गोरखा फौजको आक्रमण विरुद्धको लडाइको तयारीलाई चौखावाङ्गी राजा विरुद्धको तयारी भइरहेको खबर दरबारमा पुग्छ । राज्य कब्जा गर्न मुसीले सबै मान्छेहरुलाई कब्जामा लिएको खबर आठपहरियाहरुले राजालाई सुनाउँछन् । राजकुमारले आठपहरिया र अरुले भनेको कुरा गलत हो । हाम्रा विरुद्ध लाग्ने भए मलाई बचाउने थिइन । वीरजितले मुसीले जनता उचालीरहेकी छे, राजकुमारपनि उसैको मोहजालमा फसिबक्सेको छ भन्दा राजकुमार यो सबै कुरा झुटो भएको, मुसीले गोर्खे फौजको विरुद्ध तयार रहन जनताहरुलाई भनिरहेकी छे । आठपहरिया र वीरजितले भनेका कुराहरु शतप्रतिशत साँचो भएको कुरा रणजितले पनि राजालाई सुनाउँछन्, उसले गोर्खे फौज चौखावाङ्गी राज्यभित्र पस्ने कुनै सम्भावना छैन । यो मुसीको ष्डयन्त्र भएको बताउँछ ।

त्यसपछि राजाले राज्यविरुद्ध धावा बोल्ने प्रयन्त गर्छे भने म छोरी पनि भन्दिन भन्दै मुसीलाई पक्रेर दरवारमा बुझाउन भन्दछन् । राजकुमारले न्याउरीमारी पछुतो नहोस भन्दै सुसारेलाई यो कुरा मुसीकहाँ पु¥याउन भन्दछन् । हर्कजितले मुसीले भेष बदल्ने भएकोले पक्राउ गर्न गा¥हो भएको सुनाउँछ भने धनजितले उसँग मनपर्ने बंदेल उसको साथमा हुने भएकोले त्यहीबाट पत्ता लाग्ने कुरा बताउँछ । राजा जङ्गिएर नामर्दहरु त्यसको लागि नानाथरी कुरा सुनाएर समय बर्बाद नगर जसले उसलाई ज्यँुदै पक्रिएर ल्याउँछ उसलाई पाँच सय नगद र एक मुरी विउँ जाने झुलखेतको खेत दिन्छु । जसले टाउको काटेर ल्याउँछ, उसलाई त्यसको आधा दिनेछु । जसले मरिसकेकीलाई ल्याउँछ उसलाई त्यसको आधा दिनेछु । राजा खुकुरी घुमाउँदै तिमीहरु छिटो गइहाल भनेर आदेश गर्दछन् ।

गोर्खे फौजको आक्रमण हुन्छ । मुसी लगायत गाउँका अरु मान्छे्हरु फौजको विरुद्ध उत्रन्छन् । कसैलाई खौलामा, कसैलाई खोलामा बगाउने, कसैलाई गुलेलीले हान्ने, सोलावाङ्गमा सोलाहरु पटकाइन्छ, गोर्खे फौजको भागाभाग हुन्छ । त्यहाँबाट उनीहरु लखेटिन्छन् । त्यतिनै बेला राकुमार गाउँमा पस्छन्, धेरै केटीहरुलाई मुसीकै रुप धारण गर्न लगाउँछन् । प्रत्येक केटीहरुसँग एक एक वटा बंदेल साथमा राख्न भन्दछन् । त्यति नै बेला राजाका धुपौरेहरु आएर सम्भावित मुसीहरुलाई लछारपछार पार्दछन् भने केही लाई मार्दछन् पनि ।

गोर्खे फौजको एक टुकडीले दरबारमाथिनै आक्रमण गर्छ । केही भारदार र राजारानीलाई डोरीले बाँध्छन् । चौखावाङ्गी राजा सजिलै हाम्रो कब्जामा परे भनेर गोर्खे फौजका मान्छेहरु खुसी हुन्छन् । मुसीले अवरोध नगरेको भए उहिल्यै हामी कब्जा गरिहाल्थ्यौं । राजाबाट उसलाई नअलग्याएको भए यो राज्य जित्न हामीलाई गा¥हो हुन्थ्यो भन्दछन् । आठपहरियाहरुलाई बोलाएर मुसीकोटे जनता र राजाको सम्बन्ध टुटाउने भूमिका खेलेकोमा तिमीहरुलाई धन्यवाद भन्दछन् । यो देखेर राजालाई असहय हुन्छ । उफ्रिएर आफ्नै आठपहरियालाई मार्न खोज्छन्, थुक्क कुकुरहरु हो भन्दछन् । तिमी उफ्रिएर केही हुँदैन रानी, सुसारेहरु, भारदारहरु हाम्रा भइसकेका हुन, अब तिमी मृत्यु रोज्छौं कि आत्मसमर्पण गर्छौ भन भनेर गोर्खे फौजका मान्छेहरु भन्दछन् । तिमीहरुको कपटी चालले प्रजाबाट मलाई अलग गरेका रहेछौं, तिमीहरुको भलो नहोस्, मलाई मारिदेउ भनेर राजाले भन्दछन् । त्यतिबेलानै काजीले राजालाई सम्झाउँदै, विक्षिप्त नहुन हार नमान्न, जितमा खुशीयाली मनाउन पृथ्वीनारायण शाहको विशाल नेपालको अभियान साकार पार्न, तनहुँ कुप्रिकोटे राजा जनताहरुको अगाध प्रेम तथा मुसी जस्ता साहसी र विवेकी योद्धाको विशाल राज्य निर्माणमा राज्यलाई खाँचो छ । हामीले बन्धनमुक्त गरिदिएका छौ मुसीसँग क्षमा मागेर अगाडी बढ्न काजीले आग्रह गर्दछन् ।

राजकुमारले मुसी तिमीलाई मार्न राजा र भारदाहरु पठाएका छन् । ती मान्छेहरु बाट बच्नु भन्दै उनीहरुको हुलिया बताउँछन् । तिम्रो अगाडी आएर लडन त सक्दैनन् तर पछाडीबाट आक्रमण गर्न सक्छन । सचेत हुनु । उता मुसीलाई पक्रेर राजाकहाँ बुझाउनेहरु लुछाचुँडी गरीरहेका छन् मुसी उनीहरुबाट बाँच्न भाग्दै बोहरागाउँको उकालो चढ्छे । बंदेलपनि पछि पछि लाग्छ । उसलाई मारेर पुरस्कार पाउन जासुसहरु दौडिरहेका छन् । गाउँलेहरु जाजुसहरुलाई लखेटदै उकालो लाग्छन् । मुसी मुसीकोटमा पुगेर आश्रय लिएको दृश्य देखिन्छ ।

मुसीले मुसिकोटमा आश्रय लिएपछि मुसीले यहाँ कोही आक्रमण गर्न आउनेलाई ढुङ्गा लडाएर मारिदिनुपर्छ भनेर भन्छे । गाउँलेहरुले आज साउने सक्रान्ती भएकोले लुतोपुतो फाल्ने समयमा ठुलो महामारी लाई नै फाल्नुपर्नेभयो । कालाराकसहरुलाई धपाउन तयार हुनुपर्छ भन्दछन् । हामी आफै कालाराकसहरुबाट घेरिएका छौं, आफ्नै राजाका मान्छेहरु पुरस्कारको लोभले कालाराकसको रुप लिइरहेका छन् उता गोर्खेफौज कालोराकस भएर आएको छ । कस्तो विडम्बना भनेर मुसीले गाउँलेहरुलाई सु्नाउछे । यताखोला, उता खोला, विचमा घना जङ्गल छ, तल टम्म मिलेका जिउलाहरु छन्, यस्तो सुन्दरठाउँमा काला राकसहरु पछाडिबाट आक्रमण गर्न खोज्छन् भनेर गाउँलेहरु भन्दछन् । यस्तो सुन्दरतालाई कुरुप बनाउँदै लैजाने हाम्रो गरिबी, पीडा, भोक, शोक पनि कालाराकस नै हुन् । मान्छेभित्र सलबलाइरहेको काम क्रोध, लोभ, मोह, अहंकार आदि झन ठुला कालाराकसहरु हुन् । यिनीहरुको नियत खराब भएकोले यहाँबाट धपाउन लुतोपुतो फाल्ने तयारी गर्नुपर्छ भनेर मुसीले गाउँलेहरुलाई भन्दछे ।

जासुसहरु झन नजिक आइरहेका हुन्छन् । उनीहरु भाग्ने ठाउँ नपाएर टौवाभित्र लुक्छन् । गाउँलेहरु टौवालाई नै घेरेर बस्दछन् त्यहि टौवाको आडमा लुक्न गोरखे फौजका आठपहरिया आइपुग्छन् । राजा भने आफ्ना प्रजाहरु देखुर खुशी हँुदै गाउँलेका नजिक आइरहन्छन् । मुसीले लुतोपुतो लैजा है काला राकस आगोका झिल्काहरु पराताको टौवामा पर्दछन् । टौवामा आगो लाग्दा तिनिहरु जलेर खरानी हुन्छन् । राजा गाउँलेको नजिक आउँदा गाउँलेहरु आक्रोशित भएर राजालाई नै आक्रमण गर्न अगाडी बढछन् । राजकुमारले केही नगर्न गाउँलेलाई भन्दा गाउँलेहरुले छाडिदिन्छन् । आफुतिर आउन दिदैनन् । त्यसपछि राजाले मुसीलाई भेट्न चाहेको कुरा बताउछन् । गाउँलेहरु मुसीलाई भेट्न पाइन्न, मुसीलाई भेट्न दिइन भनेर नारा लगाउँछन् ।

राजाले जसरी भएपनि मुसीलाई भेटनदिन आग्रह गर्दछन् । म बाट अब मुसीलाई कुनै हानी हुँदैन । मेरा आँखा अब खुलिसकेका छन् । मुसीले टाकुराबाट नै मेरा विरुद्ध षडयन्त्र रच्ने इरादा अझै सकिएको छैन् भनेर राजालाई भन्छे । त्यसो होइन, त्यसो हुनेभएत अहिले म मुख्तियार र भारदारहरुबाट घेरिएर दरबारमा बसेको हुन्थे । सुन्दा तिमीलाई पीडा हुन्छ होला हाम्रो राज्य त गोर्खे फौजको कब्जामा परिसक्यो । के सुन्दैछु म, मेरो देश खोसियो, माटो खोसियो । मेरो जिवन खोसियो । यो अवस्था सिर्जना हुनुमा राजा र राज्यप्रणालीको अज्ञानता, अकर्मण्यताले हाम्रो राज्य नै हरायो भनेर मुसी अलापविलाप गर्छे ।

मुसीको कुनै दोष छैन भन्दा हिजो पत्याउनु भएन । त लाई छोरो नै मान्दिन भन्नुभयो । अब हजुरलाई मैले बुवा भन्न पनि लाज लाग्न थाल्यो । हजुरको अपराधले हामी सबैले सजाय पायौं भनेर राजकुमारले भन्दछन् । मुसी र राजकुमारलाई सम्झाउँदै राजाले मलाई क्षमा देउ भन्दछन् । हामीबाट ठूलो भूल भयो । हामीले तिमीहरुलाई समयमा चिन्न सकिनौं, तिमीहरुको योजनामा अगाडी बढेको भए आज यो दुर्गति आइलाग्ने थिएन । यस्तो बुद्धि पहल्यै आउनुपर्दथ्यो । अब हाम्रो भलो सोचेर केही हुँदैन । हाम्रो राज्यसँगसँगै हामी सबै मरिसक्यौ भनेर मुसीले भन्छे । राजाले क्षमा माग्दै भन्दछन् । हाम्रो राज्यको सबै थोक तिमी रहिछौं, म तिम्रो शरणमा पदर्छु । राष्ट्रभक्तहरुको कुरा नसुन्दा हामीले आफ्नो राज्यनै हराउन पुग्यौं । म एक्लै केही गर्न सक्दैनथे, मलाई ज्यान अर्पेर विश्वास र मद्दत गर्ने मेरा गाउँलेहरु भएकोले गाउँलेहरु जेभन्दछन् त्यहि मान्न तयार छु भनेर मुसीले भन्दा गाउँलेहरुले राजालाई शर्त माने मात्र भेटने दिने भन्दछन् । राजाले शर्त पुरा गर्न तयार छु भन्दछन् । गाउँलेहरुले यो राज्यको नाम मुसीकै नामबाट राख्नुपर्छ भन्दा राजा तयार हुन्छन् । राष्ट्रभक्त, कुशल, योद्धा, प्रजाहरुको उद्धारकर्ता मानवरक्षक मुसीकै नामबाट यो राज्यको नाम रहनेछ । तिमीहरुको इच्छा अनुसार यो राज्य मुसीकोट राज्य हुने भयो भनेर राजाले घोषणा गर्दछन् । त्यसपछि गाउँलेहरु हाम्रो र राम्रो मुसिकोट पाइयो भनेर नारा लगाउँदै खुशियाली मनाउँछन् । राजा र राजकुमारलाई बाटो छोडिदिन्छन् । दुवैजना कोटको उकालो लागेको दृश्यसँगै कथावस्तु समाप्त हुन्छ ।

५) पात्र÷चरित्र ः–

यस नाटकमा मुसी, राजा, रानी, मुख्तियार, राजकुमार, भारदारहरु, मुसीका बुवा आमा, आठपहरिया, राजाका गुप्तचर, गोर्खे काजी, राजाका सुसारेहरु, गोर्खे तथा मुसीकोटे सिपाइहरु, गाउँले महिलाहरु, मुसीका सहयोगी गाउँलेहरु नृत्यमा संलग्नपात्रहरु, पूर्वपात्र तथा सहयोगीहरु आदि पात्रहरुको चयन गरिएको छ ।

क) मुसी :–

१) नाटकको केन्द्रिय पात्र, नायिका, लेखकको मुखपात्र, तेस्रो दृश्य देखि अन्तिम दृश्य सम्म नाटकको भूमिकामा मुख्य भूमिकामा रहेकी पात्र ।
२) पाखोमा घाँस काटीरहेकी, गीत गाउँदै देखिएकी एक सशक्त नारी पात्र ।
३) महामारीले लखतरान भएको राजकुमारलाई घरमा लिएर औषधी उपचार गर्ने मुनामदनको भोटे जस्तै एक दयावान पात्र ।
४) आफ्नो निधारमा दही टिका लगाउन आग्रह गरी केही मान्छेहरुलाई भनेर त्यहि दही टीका पखालेर राजकुमारलाई खुवाएर बचाउने पात्र ।
५) राजकुमारलाई बचाएको देखेर राजाले समेत प्रारम्भमा बक्सिस दिने कुरा मुसीलाई बताएको प्रसंगले मुसीको एक्कासी लोकप्रियता बढ्दै गएको पात्र ।
६) राजकुमारको मात्र होइन म आफ्ना राजा रानीको मन जित्न सक्छु भन्ने पात्र ।
७) पल्लाघरे साइँलाकी छोरी भनेर दरवारमा मुसीलाई चिनाएकोे पात्र ।
८) सबैतिर बेथिति रहेको, राज्यमा अन्याय र अत्याचार बढेको, मान्छेहरु भोकभोकै मरी रहेको जानकारी राजालाई गराउने पात्र ।
९) गोर्खे फोजले राज्यमा आक्रमण गर्न लागेको सन्दर्भलाई पहिल्यै राज्यमा सूचना दिने एक सचेत पात्र ।
१०) मुख्तियार, भारदारहरु, आठपहरियाहरुले मुसीको विरुद्धमा ष्डयन्त्र गर्दा पनि डर नमानी राजालाई सबै कुरा बताउने पात्र ।
११) मुसीको पक्षमा राजकुमार, रानी र गाउँलेहरुले वकालत गर्नुले मुसी प्रजाहरुको साथमा रहेको आभास समेत भएको संकेत हुनु ।
१२) राजा, मुख्तियार, भारदार र आठपहरिया भन्दा अत्यन्त चलाख एवं बौद्धिक पात्र ।
१३) राजाले मुसीलाई सुसारेको रुपमा दरवारमा राखेतापनि त्यहाँबाट उम्किएर गोर्खे फौजका विरुद्ध गाउँलेहरुलाई विभिन्न प्रशिक्षण, योजना बनाउने पात्र ।
१४) आफ्ना साथीहरुले राजाले त तेरो छाला काट्ने रे भन्दा अत्यन्त दुःखी हुने पात्र ।
१५) चौखावाङ्गी राजाको सूचना लिनआएका गोर्खे फौजलाई बन्दी राख्न सफल पात्र ।
१६) गोर्खे फौजले चौखावाङ्गी राज्यमा आक्रमण गर्दा त्यसको डटेर मुकाबला गर्ने एक साहसी एवम् बहादुर पात्र ।
१७) राजा र भारदारहरुले तिमिलाई मार्न मान्छे पठाएका छने भनेर राजकुमारले मुसीलाई बताएको र मुसी अत्यन्त दुःखी भएकी पात्र ।
१८) कालाराकसको विरुद्ध अन्तिम युद्ध लडेकी पात्र ।
१९) गरिबी, दुःख, पीडा, भोक, विरुद्ध सँधै लडने पात्र ।
२०) राजाले मुसीलाई भेटन खोज्दा उल्टै षड्यन्त्रकारी राजाको विरुद्ध गाउँलेहरुलाई एकताबद्ध गर्ने पात्र ।
२१) मानवतावादी, राष्ट्रभक्त, राष्ट्रप्रेमी पात्र ।
२२) आफ्नो राज्य गोर्खे फौजले लग्यो भनेर राजाले सुनाउँदा, राज्यसँगै हामीलाई समेत मा¥यौं भनेर आक्रोश व्यक्त गर्ने पात्र ।
२३) राज्य अरुकै कब्जामा गएको थाहाँ पाउँदा जीवन खोसिएको, देश हराएको, राज्य प्रणालीको अदुरदर्शिता, अज्ञानता र अकर्मण्यताले काम गरेका व्यक्त गर्ने पात्र ।
२४) अन्तयमा राजा समेत मुसीकै चरणमा पुग्नुले मुसीको महिमागान बढेको ।
२५) मुसी एक राष्ट्रभक्त, कुशल योद्धा प्रजाहरुको उद्धारकर्ता भएको पात्र ।
२६) मुसीको नामबाट नै मुसिकोट हुन सफल हुनमा मुसीको योगदान नै भएको चर्चा ।
ख) राजा ः–

१) नाटकको सहायक पात्र ।
२) दरबारिया निति र नियमलाई प्रयोग गरी राजकाज चलाउने पात्र ।
३) मुख्तियार, भारदार, राजकुमार, सुसारेहरुलाई दासको रुपमा व्यवहार गर्ने पात्र ।
४) मुख्तियार, भारदार, आठपहरियाको मात्रै भारदारी सभामा कुरा सुन्ने पात्र ।
५) अरुका कुरा सुन्ने तर आफ्नो ठोस निर्णय लिन नसक्ने पात्र ।
६) राज्यमा खतराको घण्टी बज्न थालेको छ भनेर रानी र राजकुमारे संकेत गर्दा त्यसलाई बेवास्ता गर्ने पात्र ।
७) मुसीले राज्यमाथि हुन सक्ने षड्यन्त्र बेथिति, गरिबी, अभाव, महामारीको सही सूचना बताउँदा त्यसलाई नपत्याउँदा आफ्नो राज्यनै गुमाउन पुगेको पात्र ।
८) प्रजाहरुले राज्यमा बेथिती बढेको गितको माध्यमद्धारा सूचित गर्दा मुख्तियार लगायत अरुले उक्त सूचना गलत भएको भनेर राजाले पत्ता लगाउन नसक्नु चारित्रिक कमजोरी रहेको ।
९) गोर्खे फौजले चौखावाङ्गी राज्यमा आक्रमण गर्दा समेत सुइको नपाउने पात्र ।
१०) राष्ट्रभक्त, योद्धा, प्रजासंरक्षक मुसीलाई उल्टै मार्ने, पक्रेर ल्याउनेलाई झुलखेतको खेत दिन्छु भनेर पुरस्कारको घोषणा गर्ने पात्र ।
११) मुसीसँग आत्मसम्र्पण गर्ने पात्र ।
१२) गाउँलेहरुलाई कालाराकसको रुपमा राजालाई चित्रण गर्नु ।
१३) मुसीकै नामबाट मुसिकोट दरबारको नामकरण गर्न स्वीकृति दिने पात्र ।

ग) रानी :–

१) सहायक पात्र ।
२) रानीले नै मुख्तियार, आठपहरिया र भारदारहरु खराबै भएको बताउनु ।
३) राज्य अप्ठयारोमा परेको बेला राज्यको बेथिति, महामारी, गरिबीको विषयमा राजालाई नभन्न विस्तारै राजकुमारलाई संकेत गर्ने पात्र ।
४) राज्य सञ्चालनमा रानीको भूमिका गौण देखिनु ।

घ) राजकुमार :–
१) सहायक पात्र ।
२) महामारीले लखतरान भएको पात्र ।
३) मुसीको मानवीय स्वभावको कारण पुनः जन्म प्राप्त गरेको पात्र ।
४) मुसीको क्षमता र काम गराइको शैलिबाट प्रभावित पात्र ।
५) भारदारमा मुसीलाई थप्नुपर्छ भनेर भारदारी सभामा कुरा उठाएको, तर कार्यान्वयन गर्न नसकेको पात्र ।
६) पश्चिम गाउँतिर घुम्दा महामारीले सताएको कुरा दरबारमा जाहेर गरी मुसीले बचाएको तथ्यलाई जस्ताको त्यस्तै राख्ने पात्र ।
७) विदेशमा महिलाहरु पनि भारदार बनेकाले मुसीलाई भारदार बनाउन आग्रह गर्दा राजा महिलाहरु आला काँचा भएको तथ्य पेस गर्दा राज्य सञ्चालनमा आलाकाँचा भएपनि उसको काम गराइको तरिका फरक भएको तथ्य लाई व्यक्त गर्ने पात्र ।
८) हाम्रा विरुद्ध मुसीले कुनै ष्डयन्त्र गर्न सक्दिन भन्ने पात्र ।
९) यो राज्य विरुद्ध होइन गोरखा फौजको विरुद्ध तयार रहन जनताहरुलाई मुसीले भनेको हो भनेर भन्ने पात्र ।
१०) मुसीलाई पक्रन आउँदैछन् दरबारबाट तसर्थ तिमी फरक भेष धारण गर्नु भनेर पहिल्यै सूचना दिने पात्र ।
११) बाबु भन्न पनि लाज लाग्ने अवस्था आयो भनेर गोर्खे फौजले राज्य लिए पछि आफ्नो विचार व्यक्त गर्ने पात्र ।
ङ) मुख्तियार :–

१) सहायक पात्र ।
२) राज्य सञ्चालन गर्ने मुख्य व्यक्ति ।
३) राज्य भित्रका भारदार, आठपहरिया तथा अन्य व्यक्तिहरुलाई क्रमशः आफ्नो विषय राख्न लगाउने, विभिन्न विषयहरुमा स्वीकृति दिने पात्र ।
४) राज्य संयत्रको इतिवृतको वकालत गर्ने पात्र ।
५) गाउँमा भएको महामारी, रोग, भोक, गरिबी, बेथितिको विषयमा जनताहरुले संगीतमा भनेको कुरा राजाले सुन्दा प्रजाहरुको चाड भएकोले उनीहरु बोल्ने स्वतन्त्रता भएको हुनाले भनेका हुन भन्दै वास्तविकतालाई अर्केतिर मोडने पात्र ।
६) मुसीलाई दरबारभित्र राख्नुहुँदैन भन्ने पात्र ।
७) मुसीले राजालाई गाउँको र राज्यको विषयमा दिएको सही सूचनालाई बेठीक भएको तर्क गर्ने पात्र ।
८) मुसीलाई दरबारको विषयमा नियम बोल्ने तरिकामा समेत राजालाई हजुर हजुर भन्नु हुँदैन भन्ने पात्र ।
९) सबैतिर अमन चयन र शान्ति छ भनेर भन्ने पात्र ।
१०) मुसीे राज्यको विद्रोही हो भनेर भ्रमको खेती गर्ने पात्र ।
११) थैली मात्र काटने पात्र हो भनेर मुसीको खेदो खन्ने पात्र ।
१२) राज्यको विषयमा चिन्तित भएका राजालाई संगीतको माध्यमबाट भुल्याउन खोज्ने, तर वास्तविकता नखोल्ने पात्र ।
१३) गोर्खे फौजले चौखावाङ्गी राज्यको सूचना लिइरहेको, मुसीले त्यसको प्रतिकार सशक्त रुपमा गरिरहेको बेला राजालाई पैसंरी नाच देखाउने पात्र ।
१४) दरबारको षड्यन्त्रकारी एवम् राज्यसंचालनमा अपरिपक्वता प्रकट गर्ने पात्र ।

६) मूलभाव÷उद्देश्य÷जीवनदृष्टि :–

१) ऐतिहासिक, पौराणिक र सामाजिक विषयवस्तुमा आधारित एक अभिनेयात्मक छटाले भरिपूर्ण नाटक ।
२) पृथ्वीनारायण शाहले बाइसे, चौविसे राज्यहरुलाई एकै मालामा गाँसेर विशाल नेपालको अभियानको ऐतिहासिक पृष्ठभूमिमा मञ्चित एक नाटक ।
३) मुसीकोट दरबार वरिपरि रहेको विभिन्न साँस्कृतिक सन्दर्भ, पौराणिक संस्कृति, रीतिरिवाज, चालचलन, सामाजिक व्यवहारलाई व्यक्त गर्नु ।
४) मुसीकोट दरबारको अवास्तविक किंवदन्तीलाई वास्तविक रुपमा नामकरण गर्न सफल नाटक वा खोज र अनुसन्धानमा केन्द्रित नाटक ।
५) दरबारिया नियम, कानुन, सभा बस्ने तरिका राज्यसञ्चालनको तौर तरिका, खानपान, विलासिता, हुँकार, वेथिति, षडयन्त्र आदि समग्र पक्षको विशद् व्याख्याले भरिपूर्ण नाटक ।
६) मुख्तियारको राज्यसञ्चालन प्रक्रिया विधि, जनअपेक्षा अनुकुल नभएकै कारण दरबारमा ठूला ठूला षडयन्त्रहरु हुँदा रहेछन् भन्ने वास्तविकताको चित्रण ।
७) द्धन्दैद्धन्दले भरिपूर्ण नाटक (दरबार र समाजविच द्धन्द, चौखावाङ्गी राजा र गोर्खेफौज बीच द्धन्द, दरबार गाउँलेहरुविच द्धन्द, राजा र मुसीविच द्धन्द, राजा र रानी विच द्धन्द, राजा र राजकुमारविच द्धन्द, मुसी र मुसीका साथीहरु विच द्धन्द, राज्य र राज्यका वीच द्धन्द, न्याय र अन्यायविचको द्धन्द, सत्य र असत्यविच द्धन्द) ।
८) दरबारभित्रको जालझेल, षडयन्त्रपूर्ण रवैयाले राज्यमा महामारी, गरिबी, वेथिति, अत्याचार बढेको तथ्यलाई देखाउँदै जसको कारणले आर्फै समाप्त भएको ऐतिहासिक तथ्यतर्फ संकेत गर्नु ।
९) राष्ट्रप्रेम र मानतावादी चिन्तनको अगाडी षडयन्त्रकारीहरुको निश्चित हार हुने दावी (राजा जनप्रिय बन्न नसक्नु, मुसी जनप्रिय हुनु, राजाले राज्यमा आक्रमण हुँदैछ भन्ने थाहनपाउनु, मुसीले गोर्खेफौजका गुप्तचरहरुलाई बन्दी बनाउनु, गाउँलेहरुलाई उनीहरुका विरुद्ध लड्न प्रशिक्षण दिनु, मुसीले राजकुमारलाई महामारीबाट बचाउनुले मुनामदनमा मदनलाई भोटेले बचाएको जस्तै आभास हुनु । यहाँ राजा, मुख्तियार र भारदार, आठपहरियाहरुको हार भएको छ भने रानी, राजकुमार, मुसी र गाउँलेहरुको जित भएको छ) ।
१०) मुसीले महामारीबाट राजकुमारलाई बचाएको प्रसँग, मुसीले राज्यभित्र बेथिती, गरिबी, महामारी र राज्यका विरुद्ध षड्यन्त्रको गन्ध देखिदैछ भनेर राजालाई भनिसकेपछि पनि राजाले राज्यसंयन्त्रको तरिकालाई रुपान्तरण नगर्नुले पूर्व युवराज दिपेन्द्र र देव्यानी बीचको प्रेमको सानो प्रसँगले वंश नास भएजस्तै राजकुमार र मुसीको प्रसंगलाई उक्त घटनाको प्रवृतिसंग सादृश्य गर्न सकिने बलियो प्रमाण भएको तथ्य उद्घाटन ।
११) राजकुमारलाई महामारीले समात्नु, राजकुमारले मुसीलाई देवी जस्तै ठान्नु, मुसीलाई भारदारको रुपमा थप्नुपर्छ भन्ने आवाजलाई दरवारले अस्वीकार गर्नु, रानीले मुख्तियार भारदारहरु साँस्कृतिक रुपमा भरिएको संकेतनगर्नु गोर्खे फौजका गुप्तचरहरु चौखावाङ्गी राजाको बारे सूचना लिएको राजालाई भन्दा मुसीलाई थाह हुनु, मुसीलाई भेटाएर ल्याउनेलाई दरबार पुरस्कारको घोषणा हुनु । मुसी सुसारेबोट दरबार बाट बाहिरीनु गोर्खे फौजका लागि मसला हुनु, राज्यको अनिष्ट हुने बलियो प्रमाण या पतनको प्रमाण भएको कटु यथार्थताको तस्वीर ।
१२) राजकुमार पश्चिम क्षेत्र चौरजहारी इलाका घुमीरहेको बेला महामारीले समात्नु भूगोल अनुसारको कर्म तर्फ संकेत गर्नु ।
१३) दरबारिया संयन्त्रमा महिलाहरुको बोलवाला नहुनु नै दरबारियाहरुको पतन भएको प्रमाण । (मुसीलाई भारदारमा नराखेर सुसारेको काममा लगाउनु) ।
१४) शंकाले लंका जलाउँछ भन्ने तथ्य आठपहरियाहरुले राजालाई महामारी लागेको बेला औषधी खोज्न गएको, फर्कदा राजकुमार नभेटिएको, उनीहरुले गाउँ घुम्दा गोर्खे फौजका गुप्तचरहरु डुलेको खबर राजालाई भन्दा समेत राजाले नपत्याएको उल्टै मुसीको जस्तो शंका गर्ने नामर्दहरु भनेर हप्काएको, कालान्तरमा उक्त कुरा पुष्टि भएको । राज्य जलेको गुमेको, पतन भएको विचार अभियुक्त भएको छ ।
१५) वरिष्ठ सदस्यको बर्हिगमन अत्यन्त मंहगो हुनु । (राजकुमारले गोर्खे फौजको विरुद्ध तयार रहन गाउँलेहरुलाई अपिल गरिरहेको हो, मुसीले भनेर भन्दा राजाले नपत्याएपछि विक्षिप्त हुँदै दरबारको मोह टाढिएको महसुस राजकुमारलाई हुँदै गएको देखिन्छ) ।
१६) जालझेल षडयन्त्रलाई लुकाउन, शासन व्यवस्थाको चरम दुरुपयोग गर्न, राज्यप्रणालीको अदुरदर्शिता, अज्ञानता, अकर्मव्यताले राज्यनै हराउँछ र मुसीलाई मार्न षडयन्त्र गरिएको, उसलाई पक्रेर दरबारमा ल्याउनेलाई पुरस्कारको घोषणा गर्नुलाई कुनै समय आतंककारीलाई टाउकाको मूल्य तोकेको सँग सादृश्य गर्न खोज्नु ।
१७) इमान्दार र राष्ट्रभक्तहरुको कुरा नसुन्दा राज्य नै हराउँछ । (मुसीको कुरालाई÷सूचनालाई दृढतापूर्वक नलिनुलाई कालीपानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटर भारतले नक्सा बनाएजस्तै हो भन्ने सन्देश दिनु) ।
१८) विम्ब र प्रतीकहरुले भरिपूर्ण नाटक । (बच्चाबच्चीहरुलाई गुलेली चलाउन सिकाउनु, दलाखेतमा खोलाहरुरु तयार हुनु, न्यायपोखरीमा पानी भरेर सर्पहरु राख्नु, ढुङगा लडाएर सिदयाउनु, गौडा गौडामा खुकुरी देखाउनु, सोलावाङमा बाँसका सोलाहरु गाडीनु, बंदेलसंग मुसी, कालाराकस, राज्य हराउनु, राज्य सँग सँगै हामी मारिनु, राज्यप्रणालीको अदुरदर्शिता, अकर्मण्यता, मेरो जीवन नै खोसिएछ) ।

१९) विशाल नेपालको अभियान, विशाल राज्यको नागरिक बन्न पाएकोमा गर्व, माटोप्रतिको अगाध प्रेम, मुसीजस्ता साहसी र विवेकी योद्धाको यो विशाल राज्यको खाँचो छ भनेर गोर्खे फौजका काजीले राजालाई भन्नु राज्यसत्ता प्राप्ति पछि होसियार भएतापनि त्यसलाई मानविय प्रवृति मान्दै शत्रुको पनि कहिले काही प्रशंसा गर्नुपर्छ भन्ने सत्यतालाई देखाउनु ।
२०) सबैकुरा थाहपाएर आफ्नो राज्य गुमाएपछि मुसी र गाउँलेसंग राजाले क्षमा मागी मुसीको नामबाट मुसीकोट दरबार दिन सहमत भएको तथ्य । (केहीपाउनलाई केही गुमाउनुपर्छ अर्थात् जनता अजयशक्ति भएको, जनता जनार्दन भएको, जनतालाई केन्द्रमानी शासन व्यवस्था संचालन गर्नुपर्छ भन्ने बहुलठ्ठी शासकहरुलाई व्यवहारमुखी सन्देश दिनु) ।
२१) नाटकीय विराशतले भरीपूर्ण नाटक ।
२२) १२ दृश्यहरुमा संरचित एक साँस्कृतिक सम्बन्धले भरीपूर्ण नाटक ।
२३) रुकुम जिल्लाको नाटय अभियानको कोशे ढुङगा । (मुसीकोट दरबारको यस अघिको किंवदन्तीलाई तोड्नु) ।
२४) ठेट नेपाली शब्दचयनले, भाषिक वर्ण विन्यासले नाटक पुट्को होइन उचोदेखिनु ।
२५) अन्तिम सत्यकै जित हुन्छ भन्ने तथ्यलाई देखाउनु । (मुसीको नामबाट दरबारको नामकरण भई राजाले गल्ती स्वीकार गर्नु) ।
२६) यदि मुसीमा असमान्य प्रतिभा नभएको वा राज्यको निम्ति कुनै ठुलो भूमिका ननिभाई, दरबारको तल्लो स्तरको करिन्दा सुसारे पात टिप्न जाँदा वा बंंदेल खोज्न जाँदा भेटिएको डाँडाको सूचना राजालाई दिँदैमा मात्र सुसारेको नामबाट राज्यकै नाम रहन सक्दै भन्ने वास्तविकतालाई देखाउनु ।
२७) कुप्रिकोटका राजा शाहवंशका नभएर अन्य जातिकै भएको प्रमाण । (बंदेलपालेकाले मगर जातिका राजा त्यहाँको भएको अनुमान सजिलै गर्न सकिने भाव) ।

७) परिवेश :–

१) ऐतिहासिक परिवेशमा नाटकको चयन ।
२) पौराणिक परिवशेमा नाटकको चयन ।
३) सामाजिक विषयवस्तुमा नाटकको चयन ।
४) दरबारीया परिवेशमा केन्द्रित विषयवस्तुको चयन ।
५) द्धन्दात्मक परिवेशमा नाटकको छनोट ।
६) मुसीकोट दरबार वरिपरि रहेका विभिन्न भूगोलहरुमा आधारित भौगोलिक परिवेशको छनोट । (कुप्रिकोट, चौखावाङ, सोलावाङ, झुलखेत, बोहरागाउँ पश्चिम चौरजहारी, गोरखा, जुम्ला, बाँफिकोट, रुकुमकोट आदि भूगोलको चर्चा ।
७) साँस्कृतिक परिवेशमा केन्द्रित एक उत्कृष्ट नाटक (साउने सँक्रान्ति, गाउँलेहरुले गाएका विभिन्न गीतहरु, माघेसक्रान्ती, मुसी सहितका युवतीहरुले गाउँमा पुगेर खेलेको पाइयो ठाडीभाकाका गीत, भारीदारी सभा बस्ने प्रचलन, सिङगारु नाच, पैसेरी नाच, साइलोजी नाच, लुतोपुतो फाल्ने सँस्कृति) ।
८) ग्रामीण परिवेशमा नाटकको चयन ।
९) षडयन्त्रपूर्ण सामाजिक एवम् दरबारीया परिवेशमा नाटकको चयन ।
१०) अभिव्यक्ति एवं सूचनामुलक परिवेशमा नाटकको चयन ।
११) हेपाहपूर्ण परिवेशमा विषयवस्तुको विस्तारपूर्ण भावमा आधारित परिवेश ।
१२) अन्याय र न्याय दुवै परिवेशको चयन ।
१३) स्थानीय ठेट भाषिक वर्णविन्यासयुक्त परिवेशमा नाटकको परिवेश चयन ।
१४) अभिनयात्मक एवं संवादात्मक मौलिक परिवेशमा नाटकको चयन ।
१५) सत्यतामा आधारित परिवेशले नाटक कालजयी बन्नमा प्रेरित गरेको आभासयुक्त परिवेश÷वातावरण ।

८ भाषाशैली :–

१) तत्सम, तद्भव र आगन्तुक शब्दहरुको चयन ।
२) मुलतः ठेट नेपाली शब्दहरुको चयन ।
३) अभिनयात्मक तथा उपयुक्त संवादहरुको प्रयोगले नाटक नाटकीय हुनपुग्नु ।
४) स्थानीय मौलिक शब्दहरुको चयनले नाटकको गरीमामा विस्तार हुनु ।
५) दरबारीया भाषिक बोलीचालीका शब्दहरु समेत प्रयोगमा आउनु ।
६) सरखार, तेरोतिर, गारो, नियतिसफा, हाम्लाई, छडक्या, भन्चन्, क्यार्न, मान्चौं, रम्चाउ, गैजान्चन, नाक्चो, ह्याँ, कालकष्ट, च्यान्नौ, उनापाई, लखेनी, जोवन, लाउँचे, उँदै, चवानीय, ढलक्यो, विलाउनै, बाउ, कौना, यै, गइयो, कइल, झलको, तापु, गारको, लेखको, आइसेल, साँइलोजी, लुतो पुतो, काइनेकुइने, खटिरामटिरा, कालाराकस जस्ता स्थानीय मौलिक भाषिक शब्दहरुको चयनले नाटकको मौलिकता प्रष्ट हुनु ।
७) गीतिमय भाषाको प्रयोग ।
८) अत्याधिक विम्ब प्रतीक र अलङकारहरुको प्रयोग पाइनु ।
९) साँस्कृतिक धरोहरतापूर्ण वर्णविन्यास, कोमल शैलीको प्रयोग पाइनु ।
१०) सटीक उखानटुक्काहरुको प्रयोग (न्याउरीमारी पछुतो हुनु)
११) ग्रामीण वक्ताहरुले बोल्ने भाषिकाको चयन ।
१२) अभिनेयात्मक एवं संवादयुक्त शैलीको प्रयोग ।
१३) सरल, सहज र बोधगम्य भाषाशैलीको प्रयोग ।
१४) पात्र अनुकूलको भाषाशैलीको चयन ।

सन्दर्भ सूची

उपाध्याय,केशवप्रसाद साहित्य, प्रकाश (छैटौं सं. काठामाण्डौं साझा प्रकाशन,(२०४८)
…………………..नाटकको अध्ययन, काठमाडौं साझा प्रकाशन, (२०५६)
पोखरेल रामचन्द्र, नेपाली नाटक सिद्धान्त,नेपाली नाटक सिद्धान्त र समीक्षा,काठमाडौं विद्यार्थी पुस्तक भण्डार (२०६०)
ओली, पूर्णबहादुर मुसी नाटकको पाण्डुलिपी अप्रकाशित (२०७६)

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…