काेराेनाकाे कहर र तीज पर्व

पूजा शर्मा सुवेदी

कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको छ ।
हामी हिन्दूहरूको महान पर्वहरू नजिक आइरहेका छन् । तीज पर्व हाम्राे घर आगनमा आइसकेको  छ ।         कोरोना भाइरसको त्रासका कारण हामीले हाम्रा चाडपर्व सचेतना पूर्ण तरिकाले मनाउनु पर्ने बाध्यता रहेको छ । अहिलेको जटिल परिस्थितिलाई हेर्दा विगतका वर्षहरु जस्ताे हामीले सहज ढंगले चाडपर्व मनाउने अवस्था छैन ।                                                                    अहिले काेराेना भाइरसले विश्वलाई आक्रान्त बनाएकाे छ ।
नेपालमा पनि दिनप्रतिदिन काेराेनाकाे जाेखिम बढीरहेकाे छ । हामीले स्वास्थ्य सजगता अपनाउन सकेनाैं भने तपाई हामी पनि संक्रमित हुन सक्छाैं । चाडपर्व नजिकिएसँगै बजारमा भीडभाड पनि बढीरहेकाे छ । शुरुकाे केही दिन काेराेनाबाट सबै सचेत भएकाे देखिन्थ्यो तर, अहिले बिस्तारै आम मानिस पुरानै लयमा फर्के जस्ताे छ । नेपालमा अशिले काेराेनाका कडा लक्षणका बिरामीहरू देखिन थालेका छन् । दिनप्रतिदिन ज्यान गुमाउनेहरूकाे संख्या पनि बढीरहेकाे छ ।
तीज पञ्चमीमा विगतका वर्षहरुमा मन्दिरमा गएर पूजापाठ गर्नेहरूकाे भीड लाग्ने गरेकाे थियाे । याे वर्ष हामी मन्दिर नगएर तीज मनाउनु पर्ने हुन्छ । हामी घरमै बसेर भगवानकाे आरधना गर्न सक्छाैं । नाचगान पनि घरभित्रै आफ्नाे परिवारमा मात्रै सिमित गर्न सकिन्छ । संक्रमणले आफ्नाे नजिककाे मान्छे भनेर चिन्दैन । आफन्तहरुसँगै नजिक बसिने भएकाले उनीहरुबाटै संक्रमण फैलने सम्भावना हुन्छ ।
हामीले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । नियमितरूपमा साबुनपानीले हात धुने, अनिवार्य मास्क लगाउने,भीडभाडमा नजाने, तीन मिटर टाढैबाट हरुसँग कुरा गर्ने, अत्यावश्यक काम बाँहेक जथाभावी घर बाहिर निस्कन हुँदैन । आफन्तजनहरूसँग सामाजिक सञ्जालहरूबाट सम्पर्क गर्न सकिन्छ । घर परिवार मात्रै बसेर नाचगान गर्न सकिन्छ ।                              स्वास्थ्य नै जीवनकाे धन हाे । स्वास्थ्य नै रहेन भने हाम्राे जीवन रहन्न । याे वर्ष सचेत भएर चाडपर्व मनायाैं भने आगामी वर्षदेखि धित मर्नेगरी घुमाैला । साथीभाइको घरमा जाआैला । अहिले भने ख्याल नठानेर सचेत हुन जरूरी छ ।

भर्खरै प्रकाशित

दाङमा ‘गिफ्ट कल्चर’ बढ्दै

चेतना अनलाइन घोराही, ३० चैत । दाङमा पछिल्लो समय गिफ्ट कल्चर बढ्न थालेको छ । केही वर्ष पहिलेसम्म विशेष गरेर किशोरकिशोरीहरुमा गिफ्ट दिने प्रचलन भए…

पारुको अंगालो !

पाण्डव शर्मा छोराको स्कुल बस आउन निकै ढिलो भएको थियो । अफिसबाट मलाई तारन्तार फोन आइरहेको थियो । अरु दिन पौने १० बजे नै आइपुग्ने…

आज क्षयरोग दिवस, के हो क्षयरोग ?

डिल्लीराज आचार्य हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । अर्थात् ” mycobacterium tuberculosis” क्षयरोग बनाउने किटाणु पत्ता लागेको दिन हरेक बर्षको मार्च २४…

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…