कपिल लामिछाने तुलसीपुर, १ भदौ । देवा स : मिलका सञ्चालक राजन लामिछानेले आफ्नो ३० ओैँ जन्मदिनको अवसरमा तीन सय बिरुवा वितरण गरेका छन् । तुलसीपुरउपमहानगरपालिका वडा नं १८ निवासी लामिछानेले तुलसीपुर १७ मा रहेको आफ्नो काठ मिलबाट उक्त बिरुवा वितरण गरेका हुन् ।
प्रत्येक बर्ष आफ्नो जन्मदिनको अवसरमा सामाजिक काम गर्दै आएका लामिछानेले यस बर्ष पनि बिभिन्न टोलहरुका किसानहरुलाई सिसौ,टिक,काईयो,जामुन र ३ घरधुरीलाई २५ केजिको चामल समेत वितरण गरेका हुन् । एकीकृत नमूना टोल बिकास संस्था,शुभकोटी टोल बिकास संस्था, पिपल चौतारा टोल बिकास संस्था र देबिपुर टोल बिकाससंस्थाका करिव एकसय घरधुरीलाई १/१ प्रति सबै बिरुवाहरु प्रदान गरिएको थियो ।
लामिछानेले बिगतका दिनहरुमा गर्दै आईरहेका कामहरुलाइ निरन्तरता दिदैँ समाज प्रति समर्पित हुदैँ यस्ता किसिमका कामहरु गर्दै अगाडी बढ्ने बताए । नेकपाका जिल्ला सदस्य तुलाराम भणडारी (बारुद),छरछरे खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष टोप बहादुर वली, देबिपुर टोलका अध्यक्ष पूर्ण वली, मिलका सञ्चालक माधव कडेललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण एकीकृत नमूना टोलका सचिव कपिल लामिछानेले गरेका थिए ।