अस्मिता एमसि
बिधता ,
साच्चै कस्तो हुन्छ होला ?
बिधता लेख्ने कलम
कस्तो रङ्ग को हुन्छ होला?
बिधता लेख्ने मसि
म संग पनि भैदिए
बिधता लेख्ने कलम
कस्को नियमले लेख्छ होला?
कस्को आदेशमा लेख्छ होला?
सोध्नु मन छ
कस्को बिधता कसरी तय हुन्छ ?
सबैको किन एउटै हुदैन ?
छिट्टै जान्नु मन छ
मेरोमा अझै के के लेखेको छ ?
अरुले लेखेको मेटाउन पाउछ कि पाउदैन ?
कहाँ बस्छ ?
~ अस्मिता ~
(दस दिने लेखाइ )
दिन : सात
२०७६/१०/२२