जेहेनदार विद्यार्थीलाई एभरेष्ट बैंकको छात्रवृत्ति

रुकुम पश्चिम, २० साउन । एभरेष्ट बैंक रुकुम पश्चिमले पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

जिल्ला सदरमुकाम मुसीकोटमा रहेको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्यनरत पाँच जना विद्यार्थीलाई बैंकले छात्रवृत्ति प्रदान गरेको हो । स्नातक तह अन्तरगत बी.ए, बी.एड, बी.बी.एस र स्नातकोत्तर तह अन्तरगत एम.एड.मा अध्यनरत पाँच जना विद्यार्थीलाई प्रति विद्यार्थी पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरेको बैंकका शाखा प्रवन्धक चोलाकान्त शर्माले बताउनुभयो ।

क्याम्पसले छनौट गरेका जेहेनदार विद्यार्थीहरु कमला ओली, सिर्जना गहतराज, पवित्रा ओली, खीमा पुनमगर र लक्ष्मी मल्ललाई छात्रवृत्ति उपलब्ध गराईएको शर्माले बताउनुभयो । छात्रवृत्ति वाफतको रकम आज बैंकले क्याप्पसलाई हस्तान्तरण गरेको छ । बैंकका शाखा प्रवन्धक शर्मा र कर्जा अधिकृत राजेश घिमिरेले उक्त रकम बराबरको चेक क्याम्पस प्रमुख मुकुन्द शर्मालाई हस्तान्तरण गर्नुभयो । कोरोना भाईरसको महामारीका कारण पठन पाठन बन्द रहेकाले केहि दिनमा विद्यार्थीलाई बोलाएर छात्रवृत्ति प्रदान गरिने क्याम्पस प्रमुख मुकुन्द शर्माले बताउनुभयो ।

एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष विपन्न र जेहेनदार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । जसअनुसार अघिल्लो वर्षको कार्यक्रमबाट पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कोरोना भाइरसका कारण सृजना भएको असहज परिस्थितिका कारण अघिल्लो वर्षको छात्रवृत्ति यो वर्ष बाँढिएको र यो वर्षका लागि पनि विद्यार्थी सिफारिस गरेर केन्द्रमा पठाईएको छ । स्विकृत भएपछि यो वर्षको छात्रवृत्ति प्रदान गर्ने बैंकको भनाई छ ।।

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…