तुलसीपुरको विकासमा ‘फाष्ट ट्रयाक’, चालु आवभित्र सय किमि सडक कालोपत्रे

पाण्डव शर्मा
तुलसीपुर । तुलसीपुर उप–महानगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा फाष्ट ट्रयाक नीति अवलम्वन गरेको छ ।
तुलसीपुर विकास प्राधिकरण गठन गरेर उपमहानगरले सडकको स्तरवृद्धि र कालोपत्रेको कामलाई दू्रत गतिमा अगाडी बढाउन शुरु गरेको छ ।

उपमहानगरले आर्थिक वर्ष २०७६÷०७७ मा ६० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । कोरोना भाइरसका कारणले लकडाउन भएका कारण लक्ष्य पूरा हुन नसकेको उपमहानगरका मेयर घनश्याम पाण्डेयले जानकारी दिनुभयो । ‘गत आवमा शुरु भएर सम्पन्न भएका सबै सडकको कालोपत्र चालु आव भित्र सम्पन्न गरिने छ,’ उहाँले भन्नुभयो, ‘चालु आव २०७७÷०७८ मा उपमहानगरले गतवर्षका बाँकी सडक बाँहेक थप ४० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।’ बाँकी रहेको र नयाँ गरेर चालु आवमा कुल एक सय किलोमिटर सडक कालोपत्रे गरिने पाण्डेयले जानकारी दिनुभयो ।

प्राधिकरण मार्फत उपमहानगरले निर्माण उपकरणहरु खरिद गरेको छ । कालोपत्रेका लागि आवश्यक पर्ने सबै मेशिन तथा औजारहरु खरिद गरिएको पाण्डेयले जानकारी दिनुभयो । ‘पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने कुनै पनि सामान हामी अरुबाट निर्भर हुनुपर्दैन,’ उहाँले भन्नुभयो, ‘सबै आवश्यक औजार हामीसँग उपलब्ध छ ।’ ठेक्का प्रक्रियाबाट काम गर्दा समयमा निर्माणको काम सम्पन्न नहुने समस्या हुँदै आएको थियो । निर्माण कम्पनीहरुले समेत समयमा आवश्यक औजार तथा मेशिन उपलब्ध गराउन सकेका थिएनन् ।
विकासको प्रमुख आधार सडक भएकाले आफूहरुले सडक स्तरउन्नती र कालोपत्रेमा ध्यान दिएको मेयर पाण्डेयले जानकारी दिनुभयो । एक आर्थिक वर्षमा एउटा ओटामा दुई÷तीन किलोमिटर देखि ७ किलोमिटरसम्म कालोपत्रे गरिन्छ । उपमहानगर कार्यालय जोड्ने ठूला सडक, पक्कीबाटोलाई छुने बस्ति धेरै भएका भित्रि सडक र राणनीतिक महत्व भएका सडकहरु कालोपत्रेका लागि प्रथमिकतामा पर्ने पाण्डेयको भनाई छ । ‘हामीले तुलसीपुरलाई भौतिक पूर्वाधारको क्षेत्रमा तीब्र विकास गर्न चाहिरेका छौं,’ उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधारको उचित विकास हुन सकेको खण्डमा मात्रै अरु विकासको काम गर्न सकिन्छ ।’
गत आवमा गठन भएको प्राधिकरणले पूर्वाधार निर्माणमा सक्रियता देखाएपछि दुर्गम क्षेत्रका वडावासीहरु समेत खुखि भएका छन् । आगामी दिनमा प्राधिकरणको कार्यक्षेत्र विस्तार गर्न सकिने पाण्डेय बताउनुहुन्छ । ‘अहिले हामीले सडकको कामलाई केन्द्रित गरेका थियौं, अब बिस्तारै अरु भौतिक पूर्वाधारका मलाई पनि ध्यान दिने छौं,’ उहाँले भन्नुभयो, ‘प्राधिकरणले नसमेटे पनि खानेपानी, सिचाइ लगायतका अन्य पूर्वाधारको काम पनि भइरहेको छ ।’

सडक कालोपत्रेले स्थानीय कृषि उपजलाई बजारसम्म ल्याउन निकै सहयोग पुग्ने पाण्डेयको भनाई छ । ‘हामीले कृषि सडकहरुलाई पनि उच्च प्राथमिकतामा राखेका छौ, हाम्रा कृषकहरुले उत्पादन गरेको उत्पादनको बजारिकणका लागि पनि सडक अपरिहार्य छ,’ उहाँले भन्नुभयो, ‘अबको केही वर्ष भित्र तुलसीपुरका सबै जसो मुख्य सडकहरु कालोपत्रे भइसक्ने छन् ।’

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…