नेकपामा ओली र प्रचण्डको एउटै बोली, नेपालले भने : चोचो मोचो मिलेर हुँदैन

काठमाडौं । शनिवार ४ घण्टा चलेको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकमा विगतको जस्तो तिक्तताको वातावरण देखिएन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एकै लयमा मन्तव्य आएपछि अब नेकपामा देखिएका विवाद मिल्ने दिशातर्फ गएको स्पष्ट भएको छ ।

बैठकको सुरुमै ओलीले आत्मलोचना गरेका थिए । उनले आफूले पनि गल्ती कमी कमजोरी गरेको स्वीकारेका थिए । आफूले पनि सुधार गर्ने र अरुले पनि गल्ती कमजोरी सुधार गर्नुपर्ने बताएको सचिवालय एक सदस्यले बताए ।

ओलीले बैठकमा भने, ‘सबै साथीहरु मिल्नुको विकल्प छैन, पार्टी एकता भंग गर्नु हुँदैन, बरु चाँडो महाधिवेसन गर्ने विषयमा स्थायी कमिटीमा छलफल गरौं, म लचक नै छु,, सबैले आआफ्नो अडान राखेर पनि भएन ।’

ओलीले लामो समय बोलेका थिए । सरकार सञ्चालन, कार्यशैली लगायतका विषयमा बोलेका थिए । गल्ती कमी कमजोरी सच्याउँदै अघि बढ्ने प्रस्ताव ओलीले राखेका थिए ।

विगत बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेका अर्का अध्यक्ष प्रचण्डले आज भने राजीनामाको कुनै विषय नै उठाएनन् । उनले ओलीलाई समर्थन गरे जस्तो गरे ।

प्रचण्डले बैठकमा भने, ‘मिलेर जानुपर्छ, मिल्नुको विकल्प छैन । कम्युनिष्ट पार्टी एक हुनु भनेको ऐतिहासिक आवश्यकता हो । अहिलेसम्म जे–जे भयो, अब अगाडि बढौं । सकारात्मक दिशामा अगाडि जाऔं ।’

बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले भने असन्तुष्टि पोखे ।

नेता नेपालले बैठकमा भने, ‘चोचो मोचो कसैको मिलेर हुँदैन, विधी र प्रक्रियाको कुरा हो, कसैले गर्दैमा रोकिन्न ।’

कम्युनिष्ट पार्टीमा विधि र प्रक्रिया मुख्य कुरा भएको भन्दै अर्का नेता झलनाथ खनालले व्यक्ति मिलेर मात्र केही नहुने बताए ।

नारायणकाजी श्रेष्ठले विधि प्रक्रियामा अगाडि बढ्नुपर्ने भन्दै कम्युनिष्ट पार्टी एकजना नेताले चलाउने होइन भने । उनले बैठकमा भने, ‘सबैको भावना समेटेर अघि बढ्ने हुनुपर्छ, जनवादी केन्द्रीयता हुनुपर्छ । पार्टी विधि प्रक्रिया मान्नुपर्छ, नेतृत्वले नै त्यो साहस किन गर्दैन रु’

उपाध्यक्ष बामदेव गौतम पनि बैठकमा कड्किएका थिए । विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने भन्दै गौतमले आपत्ति जनाएका थिए ।

त्यसैगरी, बैठकमा रामबहादुर थापा बादल, इश्वर पोखरेल र विष्णु पौडेलले समन्वयात्मक कुरा राखेका थिए । उनीहरुले पार्टी एकतालाई थप उचाईमा पुर्याउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए । उनीहरुले अध्यक्षद्वयको कुरा उचित भएको बताएका थिए ।

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…