नेपाल अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित

क्यानबेरा: विश्वकप छनोट अन्तरगत दोस्रो चरणको खेलमा नेपाल बलियो टिम अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गर्दै अस्ट्रेलियालाई बढी गोल गर्नबाट रोक्न सक्यो।

अस्ट्रेलियाका लागि जेमी माक्लारेनले ह्याट्रिक गरे। उनले खेलको छैठौँ, १९औँ र ९०औँ मिनेटमा गोल गरेका हुन्।

ह्यारी साउटरले २४औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रता तेब्बर पारे।

खेलको ५८औँ मिनेटमा आत्मघाती गोल भयो। अस्ट्रेलियाका ह्यारी साउटरले गरेको हेड प्रहार दिनेश राजवंशीको कम्मरमा लागेर गोल भएको हो।

एसियाकप जितेको अस्ट्रेलिया नेपालभन्दा निकै बलियो टिम हो। उसले नेपाललाई खेल अवधिभर दबाबमा राखे

अस्ट्रेलियाले तीन वटा फ्रि किक पायो। डि बक्स भन्दा अगाडि दुई वटा फ्रि किक प्राप्त गरेको थियो। तर उसले त्यसलाई सदूपयोग भने गर्न सकेन।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले खेलेको यो तेस्रो खेल हो। यसअघि खेलिएका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ। कुवेतसँग उसैको घरेलु मैदान खेलिएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो। त्यसपछि चाइनिज ताइपेईसँग उसैको घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली २–० गोलले विजयी भएको थियो।

भर्खरै प्रकाशित

दाङमा ‘गिफ्ट कल्चर’ बढ्दै

चेतना अनलाइन घोराही, ३० चैत । दाङमा पछिल्लो समय गिफ्ट कल्चर बढ्न थालेको छ । केही वर्ष पहिलेसम्म विशेष गरेर किशोरकिशोरीहरुमा गिफ्ट दिने प्रचलन भए…

पारुको अंगालो !

पाण्डव शर्मा छोराको स्कुल बस आउन निकै ढिलो भएको थियो । अफिसबाट मलाई तारन्तार फोन आइरहेको थियो । अरु दिन पौने १० बजे नै आइपुग्ने…

आज क्षयरोग दिवस, के हो क्षयरोग ?

डिल्लीराज आचार्य हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । अर्थात् ” mycobacterium tuberculosis” क्षयरोग बनाउने किटाणु पत्ता लागेको दिन हरेक बर्षको मार्च २४…

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…