सामुदायिक विद्यालयको सुधार हामी आँफैबाट गर्नुपर्छ


जंग रोका
अध्यक्ष
अखिल क्रान्तिकारी दाङ

दाङका संयुक्त विद्यार्थी संगठनहरुले निजी विद्यालयको शैक्षिक सुधारका लागि भन्दै अनुगमन शुरु गरेका छन् । सरकारको नीति अनुसार निजी विद्यालयहरुकाले छात्रवृत्ती कार्यान्वयन नगरको विद्यार्थी संगठनहरुको आरोप छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारी दाङका अध्यक्ष जंग रोका संगठ विद्यार्थीको आन्दोलन, आगामीयोजना, सामुदायिक विद्यालको सुधार लगायतका विषयमा केन्द्रित रहेर चेतना अनलाइका सम्पादक पाण्डव शर्माले गरेको कुराकानि ।

शैक्षिकसत्र शुरु भए लगत्तै तपाईहरु निजी विद्यालयहरुको अनुगमन शुरु गर्नुभएको छ । किन अनुगमन गर्नुपरेको ?

शैक्षिकसत्र शुरु हुनुभन्दा पहिले पनि हाम्रो संगठन अखिल क्रान्तिकारीले निरन्तर शैक्षिक गतिविधिको विषयमा आफ्ना काम कर्तव्य प्रति निरन्तर सचेत हुँदै आएको छ । यसै सन्दर्भमा शैक्षिकसत्र शुरु हुँदै गर्दा विभिन्न निजी विद्यालयहरुले विभिन्न बहानामा चर्को शुल्क असुल गर्ने जुन खालको प्रवृत्ति छ ।

यसलाई निरुत्साहित गर्ने हाम्रो उद्देश्य हो । निजी विद्यालयहरुले विद्यार्थीहरुलाई अनिवार्य छात्रवृत्तीको व्यवस्था गर्नुपर्छ । तर, अहिले पनि १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन भएको छैन । कार्यन्वयन भएकोमा पनि सञ्चालक तथा कर्मचारीहरु र पँहुचवालाहरुको मात्र बोलाबाल भएको पाइएको छ । छात्रवृतिको परिभाषा अनुसार अहिले व्यवहारीक रुपमा कार्यान्वयन भएको छैन । त्यसैको बिरोध स्वरुप हामी अनुगमनमा गएका हौं । एक पटक विद्यालयमा भर्ना भइसकेपछि दोस्रो कक्षामा अपग्रेड हुँदा पुनः भर्ना शुल्क लिन नपाउने हाम्रो माग हो ।

तपाईहरु अनुगमन मात्रै गर्नुहुन्छ कि कुनै संघर्षका कार्यक्रम पनि गर्नुहुन्छ ?

कुनै पनि कामको शुरुवात सानोबाट नै हुन्छ । हामीले पहिलो चरणमा अनुगमन र छलफल गरिरहेका छौं । स्थानीय सरकार अन्तर्गतका शिक्षा समिति इकाइहरुसँग छलफल गरिरहेका छौं ।

हामी विद्यार्थीहरुले पाउनुपर्ने अधिकारहरु सरल ढंगले नै पुरा होस् भन्ने चाहन्छौं । तर, हाम्रो मागलाई वेवास्था गरेमा कडा संघर्षमा जाने बाध्यता आउँछ । जसरी छात्रवृत्तीको विषयमा जुन ढंगको अनियमिता भइरहेको छ ।

यसलाई कडाई पूर्वक नेपाल सरकारको नियम अनुसार पालना नगरे हामील संघर्षका कार्यक्रम घोषणा गर्ने छौं ।

तपाईहरुकै पार्टीको नेतृत्वमा सरकार छ । फेरी तपाईहरु आँफै संघर्षमा जाने कुरा गर्नुहुन्छ । यो कसरी मिल्छ ?

विद्यार्थीहरु सधै न्याय, समानता र परिवर्तको पक्षमा हुन्छन् । विगतमा पनि हामी हाम्रो पार्टी सरकारमा रहकै अवस्थामा संघर्षमा गएका ठूपैै्र उदाहरणहरु छन् । पेट्रोलियप पदार्थको मूल्य बृद्धि होस् या जनताका जनजिविका, राष्ट्रिय र स्वधिनताको पक्षमा हामी क्रान्तिकारी विद्यार्थीहरु छौं ।

हामीले हामी सम्बद्ध पार्टीको नेतृत्वलाई समेत खबरदारी गरिरहेका छौं । विद्यार्थीहरुको भूमिका सधै प्रतिपक्षको जस्तै हुन्छ । विद्यार्थीले सधै समाज रुपान्तरणका लागि संघर्ष गर्छन् । उनीहरुलाई को सरकारमा छ वा को बाहिर छ भन्नेमा कुनै चासो हुँदैन ।

विद्यार्थी नेताहरु कुरा चाई चर्को र क्रान्तिकारी गर्छन् तर, व्यवहारमा आँफै चर्को शूल्क तिरेर निजी विद्यालयमा पढाउँछन् । यो त अलि मिलेन नि ?

हो, तपाईले सहि कुरा उठाउनुभयो । हामीले पनि यो कुरा विगत देखि उठाईरहेका छौं । विद्यार्थी आन्दोलन गर्ने नेतृत्वहरुमा पनि केही विकृति होलान् । सबै चोखा छन् भनेर म भन्न सक्दैन । तर, हाम्रो स्पीड भनेको सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर उठाउने नै हो ।

साथै सबै गरिवका छोराछोरीले सर्वसुलभ ढंगले गुणस्तरी शिक्षा पाउनुपर्छ भन्ने हाम्रो मान्नेता हो । व्यक्तिगत रुपमा मलाई भन्नु हुन्छ भने मेरो छोरा सामुदायिक विद्यालय रझेनामा पढिरहेको छ ।

म के कुरामा स्पष्ट छु भने सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हो भने सबैभन्दा पहिले सबै सरकारी कर्मचारी, सरकारी विद्यालयका शिक्षक तथा कर्मचारी, पार्टीका नेता तथा जनप्रतिनिधि र विद्यार्थी नेताहरुले सामुदायिक विद्यालयमै आफ्ना छोराछोरीलाई पढाउँनै पर्छ ।

आफ्नै छोराछोरीलाई निजी विद्यालयमा पढाउने र सामुदायिक विद्यालयको गुणस्तर सुधार हुनुपर्छ भनेर ठूला कुरा गर्नुहुँदैन । आफ्ना छोराछोरीको सबैलाई चिन्ता हुन्छ । त्यसैले सामुदायिक विद्यालयमा सबैले पढाउनुपर्छ भनेर मैले जोड दिदै आएको छु ।

तपाईकै पार्टीका नेताहरु सबैभन्दा महंगा निजी विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउँछन् । उहाँहरुलाई यो वारेमा अवगत गराउनुभएको छैन ?

हुन त यो विषय उहाँहरुको नितान्त व्यक्तिगत विषय पनि हो । हामीले व्यक्तिगत रुपमा कसैलाई यहाँ पढाउनुस् भनेर जवरजस्ति गर्न त सक्दैनौं । तर, नीतिगत रुपमा उहाँहरुले बुझ्ने विषय हो ।

तपाई दाङका समकालिन विद्यार्थी नेताहरुमा प्रतिभावान, सरल र जनशैली भएको नेताको रुपमा स्थापित हुनुहुन्छ । तपाईहरुको संगठन एकता हुँदैछ । एकतामा तपाईको कुन पदमा दावी छ ?

कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनमा कुनै पद मागेर प्राप्त हुने चिज होइन । हामीले संगठनले आवश्यकता र स्वम् व्यक्तिको कार्यक्षमताको आधारमा जिम्मेवारी दिदै आएका छौं । अर्को कुरा जंग रोका कुनै पदका लागि हिडेको मान्छे होइन ।

म पदमा भए पनि नभए पनि देश, जनता र उत्पीडित वर्गको पक्षमा सधै लडिरहने छु । त्यसले पद हाम्रो लागि गौण कुरा हो । तर, क्षमता र आवश्यकता अनुसार संगठनले आवश्यकता ठानेमा मैले जुन सुकै पद तथा तह र तप्कामा रहेर काम गर्न तयार छु । यो हाम्रो चाहना भन्दा पनि संगठनको आवश्यकताले निर्धारण गर्ने कुरा हो ।