५ नं. प्रदेशमा पहिलोपटक राष्ट्रिय चलचित्र महोत्सव हुने

चेतना अनलाइन

घोराही । ५ नं. प्रदेशमा पहिलोपटक राष्ट्रिय चलचित्र महोत्सव दाङमा हुने भएको छ । आगामी पौष ११, १२ र १३ महोत्सव आयोजना गरिएको पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा ऐतिहासिक, सास्कृतिक र सामाजिक चलचित्रहरु प्रस्तुत गरिने छ । त्यसैगरी राष्ट्रिय स्तरको अन्र्तक्रिया कार्यक्रम गरिने छ । सो कार्यक्रममा स्थानीय चलचित्र प्रेमीका साथै चलचित्र क्षेत्रका २५ जनाभन्दा बढी विज्ञहरु सहभागि हुने छन् । त्यसैगरी यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सवकै अवसरमा प्यूठानको स्वर्गद्धवारी र दाङका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन समेत गरिने छ ।
पहल नेपालको आयोजनामा गर्न थालिएको चलचित्र महोत्सव सफल पार्नका लागि केएल पीडितको संयोजकत्वमा मुल समिति गठन गरिएको । जसको सहसंयोजकमा महेन्द्र बुढाथोकी, कल्पना आचार्य र छबिलाल कोपिला रहनुभएको छ । महोत्सवको सदस्य सचिवमा पाण्डव शर्मा रहनुभएको छ ।
सदस्यहरुमा गणेश ओली, केशरमान बुढाथोकी, जंग रोका, दशरथ घिमिरे, देवीराम कुसारी, इन्द्र बिबश डिसी, ज्वाला खतिवडा, संदीप भूसाल, देवका पौडेल, अन्जली न्यौपाने र
अन्जना कुवँर रहनुभएको छ ।

यसैबीच चलचित्र महोत्सवको आयोजक सस्था पहल नेपालले आज घोराहीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि कर्याक्रमको वारेमा जानकारी दिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम र नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जीवन गौतमले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित थारुको पनि उपस्थिति थियो ।

पहल नेपालका अध्यक्ष केएल पीडितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव पाण्डव शर्माले गर्नुभएको थियो ।