हवाईजहाज !

 

त्यो उडिरहेको हवाईजहाज हेर्छु

उ आउछ अनि नजिकै आएजस्तो लाग्छ

म आफू माथि बाट सरर् ………………

अनि के म एक्कै छिन आखा झिमिक्क पार्छु

एकाएक त्यो हवाईजहाज दुर जान्छ

कोषौ टाढा बिस्तारै

तर,

मन्द गति हुँदै

त्यो बादल पारिको देशमा

आफ्ना अनगिन्ती सपना सझाउदै

उडिरहेछ उ !

म त्यही छ्तमा छु तर,

कोषौ टाढा मेरो आँखाले नदेख्ने ठाँउमा गहिरहेछ

आफ्ना अनगिन्ती सपना बोकिरहेछ

मलाई लाग्यो

मेरो माया नै लग्यो

मेरो खुशी नै लग्यो

म एक्कै छिन मा भक्कानिए

कारण ?

हवाईजहाज उड्यो

बिदाइका हात हल्लाउन बिर्सेछु

अनि म एकटक संग हेरे

हो,

उ उडिरह्यो म हेरिरहे।

 

अस्मिता एमसी
प्यूठान, हाल काठमाडौं