सुत्केरी भएको दुइदिनमै एसइइ दिन बच्चा सहित पुगिन रोल्पाकी किशोरी

  • तारा केसी

विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एसइइ २०७५ को परिक्षा आइतवारबाट सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।

यसबर्षको एसइई परीक्षामा कलाकार देखि संसद सम्मको सहभागिता रहेकाले धेरैको ध्यान त्यतातिर केन्द्रित भएको छ। एसइई परिक्षालाइ लिएर देशभरबाट विभिन्न समाचार आइरहेका बेला रोल्पा जिल्ला कोटगाउँ श्री नेपाल मा.वि केन्द्रमा सुत्केरी भएको दुइदिन मात्रै भएकी १७ बर्षे किशोरी आफ्नो बच्चा सहित उपस्थित भएकी थिइन।

२०७५ असारमा भागि विवाह गरेका रोल्पा माडी गाउँपालिका ५ भवाङ्ग कि बर्षा घर्ति र माडी गाउँपालिका २ घर्तिगाउँका १६ बर्षे दिपक घर्तिको घरमा एसइइ परिक्षा हुनुभन्दा दुइ दिन अगाडी मात्र पहिलो सन्तानको रुपमा छोरीको जन्म भएको थियो।

सुत्केरी भएको २ दिन मात्रै भएतापनि जाँच दिनसक्छु भन्ने आत्मविश्वासका साथ उनी एसइइको परिक्षा दिन बच्चाको धरालु सहित परिक्षा केन्द्रमा उपस्थित भएकी थिइन। परिक्षा व्यावस्थापन समिति तथा श्री नेपाल मा.वि कोटगाउँका केन्द्राध्यक्ष कृष्णबहादुर पुनले उनलाइविद्यालय एरियाभित्र छुट्टै बसेर जाँच दिने उचित व्यवस्था मिलाईदिएपछि उनीले अंग्रेजी विषयको परिक्षा सफलतापुर्वक गरेको बताइन ।

बर्षाको विध्यालयमा एसइइको तयारीका लागि होस्टेलको व्यवस्था थियो। होस्टेलमा एक गर्भवतीको लागि उचित वातावारण मिलेकाले होस्टेलमै बसेर कक्षा १० को पढाइ सक्काएको उनले बताइन्।

सानै उमेरमा बिहे गरेतापनि पढेर मात्र अगाडी बढ्न सकिन्छ भन्ने मान्यता दुवैजनाको रहेको छ। उनका श्रीमान १६ बर्षे दिपक घर्ति पनि घर्तिगाउँबाट कक्षा ९ को परिक्षा दिएर बसेका छन्। बर्षाका घर र माइतीपक्षबाट उनलाइ पाढाउनुपर्छ भन्ने मान्यता राखेको उनि बताउछिन् । वर्षाकि सासुआमा  भनिन, छोरा बुहारिले आफ्नो दिमागले भ्यायसम्म हामी पढाउने कोसिस गर्ने छौं ।

रोल्पा जिल्लाकै उत्कृष्ट बिद्यालाय मध्य एक मानिने श्री नेपाल मा.वि कोटगाउँमा भावाङ्ग ,घर्तिगाउँ ,कोर्चबाङ्ग र माडिचौर गरि चार वटा विद्यालयको केन्द्र पर्नेगरि एसइइको परिक्षा भइरहेको छ।

श्री नेपाल मा.वि केन्द्रमा कुल २११ विद्यार्थीमध्य आइतवारको परिक्षामा तिन जना छात्रा र एक जना छात्र गरि चार जना अनुपस्थित रहेका थिए।

गर्वावती किशोरीलाई परिक्षाको लागि विशेष वातावरणको व्यवस्थापन गर्ने श्री नेपाल मा.वि का केन्द्राध्यक्ष कृष्णबहादुर पुन भन्नुहुन्छ, बर्षा परिक्षाम सहभागिता भएकाले हामी खुसि छौं यद्यपि ‘यो विद्यार्थी र अभिभावक दुवैको ठूलो कमजोरी हो।’ उहाँहरुले पढाई बेवास्ता गरेको हुनसक्ने उहाको ठम्म्याइ छ। रोल्पामा अझैपनी बालबिबाह नरोकिएकोमा चिन्ता व्यक्त गर्नुभयो।