सामान्य तर विशिष्ट एउटा मान्छेको सम्झनामा

Ajaydeep Sharma's Profile Photo, Image may contain: Ajaydeep Sharma, sunglasses, outdoor and closeup

अजयदीप शर्मा

जब भाद्र महिनाले विदाई लिने शुर कस्छ तब मनले एउटा तस्वीरको एल्बम पल्टाएर हेर्न थाल्छ । स्मृतिको ढुंगालाई समयले ख्याउँदै विस्मृतिसम्म पु¥याउने कोशिस गरेपनि त्यो सरलता र व्यवहारिकताको उदाहरण झनपछि झन जिउँदो भएर आँखाभरी आइरहन्छ ।

सायद ५ बर्ष अघि आजकै दिन मस्तिष्कघातबाट अपरझट्ट हामीबाट विदा नलिएको भए त्यो आर्दशलाई आज कस्तो अवस्थामा देख्थ्यौं होला ?
कमरेड दिवाकर जति यो नाम पश्चिम नेपालका पहाडहरुमा गुन्जिन्छ त्यति सायद नुवाकोटका गाउँहरुमा सुनिदैनहोला । माओवादी आन्दोलनको एक संस्थापक नाम हो दिवाकर ।

पोष्टबहादुर नामले सांसद र मन्त्रीसम्मको तहमा त पु¥यायो तर दिवाकरको नामले सिङ्गो वर्गियताको रगतलाई सल्बलायो । २०४८ सालदेखि भूमिगत जीवन विताउन थाल्नु भएका पोष्टबहादुरका युद्धकालिन सम्पूर्ण जीवन पश्चिम नेपालको राजनीतिक नेतृत्व गर्दामै वितेको छ । माओवादी आन्दोलनको भित्रको एउटा सम्पतिको रुपमा उहाँ रहनु भएको छ ।

उहाँमा त्यति इमान्दारिता, निष्ठा,त्याग र समर्पण हुँदैन्थ्यो भने सायद मर्न तयार भएर त्यो माओवादी आन्दोलनमा यति कार्यकर्ताको लाम पनि लाग्दैन्थ्यो होला । माथि पुगेर पनि तल टेक्न नविर्सने नेता बोगटी मैले नजिक रहेर सहकार्य गरेको सबैभन्दा उच्चतहको मान्छे हो । प्रिय त यस मानेमा होकि उहाँमा राजनीतिक दृढता जति थियो,संगठन कौशलता अझ बढी उच्च थियो । कार्यकर्ता प्रेम उहाँमा बढी थियो । म यो भन्न सक्छु कि माओवादी आन्दोलनमा उहाँजति फिल्डमा पुगेर कार्यकर्तासँगै कष्टका साथ नेतृत्व गरेको उच्च तहको नेता अर्को छैन । त्यहि भएर त माओवादी भित्रको दिवाकर सिङ्गो रवि भएर उदाएको हो ।

दिवाकर सरसँग मैरो आत्मियता जोडिएको छ । उहाँले धेरै माया गर्ने कार्यकर्ता भित्रको म पनि एक हो । प्रवासदेखि रोल्पाका गाउँसम्म म उहाँसँग नजिक रहेर काम गरेको छु । कार्यकर्ताहरुलाई प्रेमले उत्साहित बनाएर सुखीका साथ परिचालन गर्न सक्ने उहाँको खुवी साँच्चिकै प्रेरणादायी छ । उहाँले माया गर्ने र विश्वास गर्ने मान्छे भएकाले पनि म उहाँको परिवारसँग भावनात्मक रुपले जोडिएको छु । युद्धकालमा सेनामा बहिनी प्रभालाई सरले कमाण्डर सुनिलसँग कुरा गरेर मसँगै सहकार्यमा जोडिदिनु भएको थियो । उहाँको लगाव र भावनात्मक सम्बन्ध यहाँको भूगोलमा गहिरोसँग जोडिएको छ । यहाँको वर्गसंघर्षलाई माथि उठाउनमा उहाँको मेहनत र खट्न साँच्चिकै युगयुगान्तर सम्झनलायक छ ।

उहाँको नाममा केन्द्रिय प्रतिष्ठान निर्माण भएर पनि त्यसको शाखा दाङ र नुवाकोटमा स्थापना भएकाछन् । उहाँको योगदानको चर्चा गर्नका लागि पनि दाङ जिल्लामा प्रतिष्ठान गठन हुनु निकै सहनिय छ । जुन प्रतिष्ठानले आज पहिलोपटक उहाँको स्मृतिमा श्रद्धान्जली कार्यक्रमको आयोजना गदैंछ । मलाई लाग्छ उहाँलाई सम्झना गर्नु भन्दा पहिला उहाँको स्वच्छ छवीलाई आत्मसाथ ग¥यौं भने मात्र इतिहास र ऐतिहासिक पात्रहरु प्रतिको सच्चा सम्मान र गौरवले मन प्रफूल्लित हुने छ ।
हार्दिक श्रद्धान्जली दिवाकर सरलाई !