साझा स्वास्थ्य सेवाको औषधि पसल सञ्चालन गर्न मन्त्रालयले लेख्यो पत्र

दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग विवाद भएपछी बन्द भएको साझा स्वास्थ्य सेवालाई सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएको छ ।

मन्त्रालयको सोमवार भएको सचिवस्तरीय निर्णयअनुसार साझा स्वास्थ्य सेवा सञ्चालनका लागि ब्यवस्था गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र लेखेको हो ।

‘प्रस्तुत बिषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको साझा स्वास्थ्य सेवा विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड १९ को बेलामा औषधि पसल बन्द रहेकोमा पछि भएको सम्झौताअनुसार हुने गरी हाललाई साझा स्वास्थ्यबाट सञ्चालन औषधि पसलसञ्चालन ब्यवस्था गर्न त्यस कार्यालयलाई लेखि पाउने भनी यस मन्त्रालयको ९सचिवस्तर० मिति २०७७\१\१५ को निर्णयअनुसार अनुरोध छ ।’

पत्रको बोधार्थ भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाइएको छ । सो मन्त्रालय माताहत नै साझा स्वास्थ्य सेवा सञ्चालनमा छ ।

हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगले साझा स्वास्थ्य सेवाको औषधि विक्री कक्षको ठाउँमा आफ्नै अस्पताल फार्मेसी संचालनमा ल्याएको छ।

प्रकाशित मिति: April 28, 2020