सभामुख महराद्धारा पत्रकार महासंघको भवन निरिक्षण

चेतना अनलाइन

घोराही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपाल पत्रकार महासंघ, दाङको भवन निरिक्षण गरेका छन् ।

चार दिने बसाईका लागि गृहजिल्ला आएका महराले शुक्रवार पत्रकार महासंघको भवन निरिक्षण गरेका हुन् । उनले पछिल्लो पटक पत्रकार महासंघको भवनमा थपिएका संरचना र मर्मत सम्भार वारेमा जानकारी लिएका थिए ।


महासंघ दाङका अध्यक्ष सविन प्रियासनले भवन निर्माणको जग्गा प्राप्ती देखि अहिलेसम्म भौतिक पूर्वाधार निर्माणमा सभामुखको भूमिका उल्लेखनिय भएको बताए । उनले महासंघको भवनको अँझै स्तरवृद्धिका लागि सहयोग गर्न सभामुख महरालाई आग्रह गरे ।

प्रियासनले महासंघको तेस्रो तला थप र दोस्रो तलामा रहको सभाहललाई सुविधा सम्पन्न गर्नका लागि सहयोग गर्न महरालाई आग्रह गरे ।

सभामुख महराले भवनको तला थप तथा सभाहलको स्तरवृद्धिका लागि लागत स्टिमेड तयार गर्न आग्रह गरे । ‘तपाईहरुले सम्पूर्ण लागत खर्चको स्टिमेड तयार गर्नुहोस्, हामी सबै मिलेर आर्थिक स्रोतको खोजी गरौंला,’ उनले भने ।

२०६३ सालमा अन्तरिम सरकारको सञ्चारमन्त्री हुँदा महराले पत्रकार महासंघ दाङको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तीका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।