शिशिर पुन विप्लव समूह परित्याग गरि नेकपामा प्रवेश

घोराही । रुकुम भुमे गाउँपालिका घर भइ हाल घोराहीमा डेरा गरी बस्ने शिशिर पुन मगर विप्लव सम्बद्ध नेकपा परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका कमिटी सदस्य खुशीराम चौधरी र १७ नं पार्टी वडा अध्यक्ष पदम केसीले स्वागत गरेका थिए ।

उनले आँफू अब देखि नेकपामा सक्रिय भएर लाग्ने जानकारी दिए । नेकपाका वडा वडा अध्यक्ष केसीले पुन यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपाको प्रचारमा सक्रिय रुपमा लागेको जानकारी दिए ।

बीचमा पार्टीमा निष्कृय भए पनि अहिले फेरी काम गर्न चाहेकाले पार्टीमा प्रवेश गराइएको केसीले जानकारी दिए ।