शनि विश्वकर्माले जित्नेमा पुरै विश्वस्त छौं : भारत बहादुर बुढा

एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा साविक राप्ती अञ्चलका केही जिल्लामा भोटका लागि प्रचार प्रसार सकेर यतिबेला काठमाडौँ फर्किएका छन्।

लोक गीतका लागि नेपालको सबै भन्दा ठुलो रियालिटि शो ‘लोक स्टार’ बन्ने सम्बवाना बोकेका चार जना प्रतिस्पर्धी फाईनलमा पुगेका छन् । फाईनलमा प्रवेश गरेका यी चार प्रतिस्पर्धी गायकहरु मध्य एक जना स्टार बन्ने छन् ।

त्यहि स्टार बन्ने कडा प्रतिस्पर्धामा भाग लिएका शनि विश्वकर्मा आफ्नो लागि भोट माग्दै साविक राप्ती अञ्चलका जिल्ला दाङ्ग, रोल्पा सल्यान लगाएतका विभिन्न जिल्लाहरुमा आफ्नो प्रस्तुति दिएका छन्।

“शनि विश्वकर्मालाइ जिताऔं” अभियान अन्तर्गत खटिएका मादी ५ भवाङ्गका वडा अध्यक्ष भारत बहादुर बुढा मगर शनि विश्वकर्माले जित्नेमा आफु पुरै विश्वस्त रहेको बताउँछन्।