विमित देवकोटाको परिवारलाई एलआइसीको १२ लाख ८८ हजार

चेतना अनलाइन

घोराही । विमा कम्पनी एल. आई. सी (नेपाल) लिमिटेडले विमित मृतक परिवारलाई १२ लाख ८८ हजार रुपैयाँ प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिका १७ निवासी मृतक नारायणप्रसाद देवकोटाको परिवारलाई घरमै गएर विमा वाफतको रकम हस्तान्तरण गरिएको हो ।

एल. आई. सी का व्राञ्च म्यानेजर सुरजप्रताप शाह, एजेन्सी म्यानेजर सनत कुमार श्रेष्ठ र एजेन्सी दामोदर खनाल देवकोटाकै घरमा पुगेर उहाँकी जीवनसंगिनी सुविता आचार्यलाई रकम हस्तान्तरण गरेका हुन् ।

परिवारको तर्फबाट बोल्दै आचार्यले सरल प्रकृयाबाट रकम हस्तान्तरण गरेकोमा विमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

एल.आई.सी. का व्राञ्च म्यानेजर शाहले नागरीकको सुरक्षाका लागि विमा अपरिहार्य भएको बताए । विमा गर्दा विमा कम्पनी र एजेण्टहरुको विश्वसनीयता हेरेर छनोट गर्नुपर्ने शाहको भनाई छ ।