लाहोरमा खुशी बेच्ने दर्पनको टुट्यो सुतली (भिडियो सहित)

देश छोडर परदेशीएका लाखौँ परदेशीको वास्तविक भोगाईलाई एक सर्जकले गित मार्फत बाहिर ल्याएका छन् । रुकुम पश्चिमको बाँफीकोट घर भइ हाल अमेरिकाको टेक्सासमा रहेका बिजय चन्द दर्पनले सुतली बोलको गीत मार्फत पीडा उजागर गर्न खोजेका हुन् ।

विगत ४ बर्षदेखी बिदेशिएका चन्दको शब्द तथा बिष्णु माझी र राजेश खड्को स्वर रहेको उक्त एल्बममा राजेश खड्काको लय रहेको छ । आफ्नो ब्यक्तिगत जीन्दगीमा घटेको सत्य घटनालाई गीत मार्फत ल्याएको चन्दले बताए ।

भर्खरै सार्वजनिक भएको उक्त गीतको भिडियोमा सगुन शाही र बाबु कृष्ण परियारले मोडलिङ गरेका छन् । कपिल लामाको निर्देशन, सुरज श्रेष्ठ र महेश महराको छायाँकन रहेको भिडियोको सम्पादन अमर शाक्यले गरेको सर्जक चन्दले बताए ।

गीतले बेरोजगारी तथा आर्थिक असम्पन्नताले बिदेशिएकाहरुको र बर्षौ सम्म घर फर्किन नपाउनेहरुको भावना समेट्ने सर्जक चन्दको बिश्वास रहेको छ । यो गीति एल्बमलाई धेरै रुचाएको कारण सुजनशिलतामा धेरै हौसला बढेको र फेरी छिट्टै परदेशीहरुको पीडा समेटिएको नयाँ एल्बम पनि बजारमा ल्याउने गितकार चन्दले बताए ।