लकडाउन डायरी : नेता,कलाकार र मजदुरले के गर्दैछन घरभित्र ?

केशरमान बुढाथोकी

यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका करिब दुई सयभन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने यो रोगले बिस्तारै मानिसको फोक्सोमै आक्रमण गरेर श्वासप्रश्वासमै गम्भीर असर गरेर मानिसको प्राण लिने गर्दछ । हालसम्म यसको कुनै औषधि नभेटिएको डरलाग्दो प्राणघातक कोरोना भाइरसको संक्रमणको साङ्लो तोडेर सुरक्षित हुन नेपालले यतिबेला लकडाउन गरेको छ । यही लकडाउनको समयमा कसैको दैनिकी अरुका लागि अनुकरणीय तथा प्रेरणा बनोस् भनेर विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग पत्रकार केशरमान बुढाथोकीले गर्नुभएको संक्षिप्त संवादमा आधारित लकडाउन डायरी यहाँ प्रस्तुत गरिएको छ ।

हेमराज शर्मा डाइमण्ड

नेपाल कमन्युष्ट पार्टी नेकपा केन्द्रीय सदस्य तथा दाङ जिल्ला सहइन्चार्ज

66617452_931263690553715_8734031659608834048_o

यतिबेला कोरोना भाइरसको संक्रमणले विश्वलाई नै थिलोथिलो पारिरहेको छ । विश्वका अधिकांस मुलुकमा यसको संक्रमण भएको र यसको औषधी अझ सम्म पत्ता नलागेकाले विश्वकै मेडिकल बिज्ञानको क्षेत्रलाई यो ठुलो चुतौती बनिरहेको छ । यतिबेला नेपाल पनि कोरोनाको संक्रमणबाट अछुत रहन सकेको छैन । नेपालमा हाल सम्म करिब डेड दर्जन जति मानिसमा यसको संक्रमण देखिएको छ । यसैको संक्रमण बाट जोगिन पूर्व साबधानी स्वरूप नेपाल सरकारले नेपाललाई लकडाउन घोषणा गरेपछि सबैको जस्तै मेरो पनि दैनिकीमा परिवर्तन आएको छ । म सधैं जस्तो बिहान ५ बजेतिर नै उठ्ने गर्दछु । उठेर नित्यकर्म पछी घरमै सामान्य शारीरिक ब्यायाम गर्दछु । अनि चिया पिएर टेलिभिजन र अनलाइनहरुमा समाचार हेर्ने गर्दछु । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएकाले कोरोना सम्बन्धि समाचारहरु नछुटाई पढ्ने र हेर्ने गरेको छु । पहिलेदेखि नै खाना पकाउने काममा मेरो रुची छ ।

त्यसैले आजभोली लकडाउनका कारण घरमै बसेको बेला भासामा पसेर खाना नास्ता पकाउने काम पनि गरेको छु । लामो समय भयो लकडाउन भएको यो समयमा राजनीति र समाजशास्त्र सम्बन्धिका विभिन्न पुस्तकहरु पनि पढ्दै छु । यो मेरो व्यक्तिगत पाटो भयो अर्कोतिर नेपालमा लकडाउन घोषणा पछी थुप्रै समस्या उत्पन्न भएका छन् । एकातिर कोरोना भाइरसको संक्रमण हुने सम्भावित खतरा छ भने अर्कोतिर ज्यालामजदुरी गरि एक छाक टार्ने मजदुरहरुको अगेनो बल्न नसक्ने समस्या छ । ज्याला मजदुरी गरेर छाकटार्ने मजदुरहरुको समस्या समाधानका लागि जिल्लाका पार्टी कार्यकर्ताहरु र जनप्रतिनिधिहरुलाई घरबाटै नियमित टेलिफोन सम्पर्क गर्ने गरेर समस्या परेको ठाउमा समाधान गर्न परिचालन गरेकोछु ।

अर्को कुरा हाल नेपालमा कोरोना भाइरसको संक्रमण छिटफुट रुपमा देखिएको मात्र छ । महामारी आइसकेको छैन । यसको लक्षणहरु अलि ढिला गरि देखिने भएकाले नेपालमा अझैं बिकराल अवस्था आउन सक्छ । सम्भावित खतराबाट मुक्ति पाउन के गर्न सकिन्छ ? र सरकारको योजना के छ ? भन्ने तर्फ केन्द्रमा बस्ने हाम्रा नेता तथा जनप्रतिनिधि र मन्त्रीहरु संग समन्वयन गरिरहेको छु । कोरोना भाइरस जस्तो महामारीको संक्रमणहुनबाट बच्न सबैले सरकारले तोकेको लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्दै समग्र नेपाली दिदीबहिनी दाजुभाइको सुस्वास्थ्यको कामना गर्दछु ।

इन्द्रजित थारु

प्रदेशसभा सदस्य प्रदेश नम्बर पाँच

93683534_532005951077588_3647669927256522752_n

कोरोना भाइरसको महामारीकाले विश्वलाई नै थिलोथिलो पारिरहेको यो समयमा नेपालमा बिगत लामो समय यता लकडाउन छ । आम नागरिकको जस्तै मेरोपनि लकडाउनका कारण दैनिकी फेरिएको छ । कोरोनाको संत्रास हुनुभन्दा पहिले मेरो पनि दैनिकी फरक तरिकाले जनताको सेवामा नै चलिरहेको थियो । आजभोली त्यसमा मेरो पनि दिनाचर्या बदलिएको छ । कोरोना भाइरसका कारण यतिबेला प्रदेशसभा चलिरहेको छैन । त्यसैले म आजभोलि दाङ स्थित मेरो निर्वाचन क्षेत्रमा छु । आफ्नो परिवारका साथसाथै मेरा मतदाता तथा आम जनसमुदाय संग दुख सुख साट्दा छुट्टै आनन्द हुदोरहेछ । आजभोली म सधैं जस्तो बिहान ६ बजे नै उठ्ने गर्दछु । अनि नित्यकर्म गरेपछि चिया पिउछु । त्यसपछी घरमा सामान्य शारीरिक व्यायाम गर्दछु । अनि विभिन्न समाचारहरु सुन्ने र हेर्ने गर्दछु । त्यसपछि मेरो निर्वाचन क्षेत्रका नागरिकहरु संग विभिन्न माध्यामबाट सम्पर्क गर्दछु ।

अनि जनताका पीरमर्का बुझ्न र त्यसमा मलम लगाउन म समय समयमा मेरो निर्वाचन क्षेत्रका जनताहरुको घरदैलोमा पनि पुग्ने गरेको छु । अनि कहिले काही भान्सामा श्रीमतीलाई सघाउने गर्दछु । मेरो निर्वाचन क्षेत्रमा निम्न वर्गीय जनताहरु धेरै बस्ने गरेकाले ज्याला मजदुरी गरिखाने बर्ग धेरै छन । दिनभर कर्म गरेर २ छाक खाने जनताहरु बढी भएको मेरो क्षेत्रमा एकदिन काम रोकियो भने एक छाक खान नसक्ने परिवारहरु धेरै छन् । त्यसैले एकातिर कोरोना भाइरसको संक्रमण हुने चिन्ता छ भने । अर्कोतिर भोकमरिले गाँजिएको छ । त्यसैले आफ्ना जनताहरुलाई विपतकोबेला राहत उपलब्ध गराउन उच्च पहल गर्ने गरेको छु ।

लामो भूमिगत जीवन देखि नै   पढाइमा मेरो रुची छ । त्यसैले जनयुद्धकालिन पुराना संस्मरण र राजनीति र दर्शनका पुस्तकहरु पढ्ने गरेको छु । लामो समय भूमिगत भएदेखि अहिले सम्म पनि हाम्रो परिवार संगै बस्ने लामो अवसर कहिले पनि जुरेन त्यसैले अहिले परिवार संग पनि संगै बस्न पाएकोमा म लगायत मेरो परिवार पनि निकै नै खुसी छ । हामी राजनीति कर्मीहरु समस्यालाई अवसरको रुपमा लिएर अगाडी बढ्ने हो त्यसैले यो समस्याको समयलाई मैले अवसरका रुपमा लिएको छु । दुरदराजका मलाई भोटहालेका जनतासंग पुग्ने र उनिहरुका मर्का बुझ्ने अवसर यो लकडाउनले प्रदान गरेकोछ ।

काजल पोख्रेल

गायिका/ मोडेल

93372926_2644665675746956_7169865662020452352_o

यतिबेला सिंगो विश्व कोरोनाको संक्रमणले थिलोथिलो भएको छ । नेपालमा अहिलेसम्म यसले बिकराल अवस्था सिर्जना नगरेको भएपनि यसको सन्त्रास कायम छ । यस्तो सन्त्रास पूर्ण अवस्थामा मेरो दैनिकीमा पनि परिवर्तन आएको छ । खासमा कपिलवस्तुमा जन्मिएर राजधानीलाई कर्मथलो बनाएको म । लकडाउन पछी आफ्नै गृहजिल्ला कपिलवस्तु आएकी छु । राजधानीमा बसेर सांगीतिक क्षेत्रमा लागेकोले दैनिकी निकै व्यस्ततामा चल्ने गर्दथ्यो । तर आजभोली परिवर्तन आएको छ । म आजभोली बिहान ६ बजे उठ्छु ।

अनि नित्यकर्म गरेर सधैं जस्तो शारीरिक ब्यायम गर्ने गर्दछु । करिब १ घन्टाको व्यायाम पछि नुहाएर सामाजिक संजाल तिर अपडेट हुन्छु । कोरोनाले गर्दा अहिले देशभरका विभिन्न स्टेज प्रोग्राम र दोहोरी साँझहरु बन्द भए पछि घरमा आएर ममिलाइ घरको काम सघाएको छु । फुर्सद मा विभिन्न किताबहरु पढ्छु । गित संगित हेर्छु । घरमै बसेर संगित को रियाज गर्छु । विभिन्न कोरोना सम्बन्धी लेखहरु पढ्ने गरेकी छु । साथी भाइहरु सग च्याटिङ पनि पहिले भन्दा अलि बढी नै हुन्छ ।

सामाजिक संजालमा कोरोना सम्बन्धिका समाचार हरु नियमित हेर्ने गरेको छु । त्यसपछि भान्सामा आमालाई सघाउछु । खाना पछी एकछिन आराम गर्छु । अनि फेरी सामाजिक संजाल तिर अपडेट हुने घरपरिवार संग इन्डोर गेमहरु खेल्ने काम हुन्छ । त्यसपछि खाजा पकाउने खाने सामाजिक संजाल हेर्ने खाना पकाउने खाने र पुन  सुत्ने मेरो दैनिकी हो ।

रेशम रोका क्षेत्री

मजदुर

93517572_552727458954234_4327952073602629632_n

देशमा यतिखेर ठुलो रोग आएकोछ रे त्यसैले जताततै बन्द छ । कतै काम चलेको छैन । हामी दिनभर काम गरेर साझ बिहान छाक टार्ने मजदुरहरु काम नचलेकाले हामीलाई छाक टार्न गाह्रो भएको छ । यदि कुनै कारणले १/२ दिन मात्र काम रोकियो भने के खाउ के खाउ भन्ने समस्या हुन्छ हामीलाई । यत्रो २० /२२ दिन काम नगरेर बस्दा निकै समस्या उत्पन्न भएको छ । यहि ज्याला मजदुरी गरेर मात्र हाम्रो गुजारा चल्ने हो । तर अहिले कहिँ कतै काम छैन । हामी दुखारिको उठ्ने समय पनि के सोध्नुहुन्छ ।

कहिलेकाही त रातभर निद्रै लाग्दैन सधैं जस्तो बिहान ४ बजे नै निद्रा खुल्छ । काम हुँदा मजदुर गर्न जाने हतारो हुने गर्दथ्यो । दुख भएपनि भोका भोकै बस्ने पीडा त हुदैनथ्यो । तर आजकाल त झनै उल्टो भोकले मरिन्छ कि भन्ने पीडा भएको छ । खाना सकिएको कति दिन भैसक्यो । यहि खोले बनाएर खाने हो । वडा कार्यालयले राहत चामल दिन्छ रे भनेर आएको । तर कार्यालय बन्द रहेछ । वडाको नम्बरमा फोन पनि हानेको फोन अफ रहेछ । आजभोली दिनभर बस्ने साझ बिहान के खाने भन्ने चिन्ताले सताउछ । अनि साझ त्यस्तै सुत्ने यसरी नै बितेको छ दिन ।

प्रकाशित मिति: April 17, 2020