रोल्पाली समाज दाङका अध्यक्ष मदन ओलीलाई पितृशोक

रोल्पाली समाज सेवा दाङका अध्यक्ष एवं पूर्वएमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सचिव मदन ओलीलाई पितृशोक परेको छ ।

घोराही १० नारायणपुर निवासी ७५ बर्षीय दलबहादुर ओलीको हिजो १६ गत्ते निधन भएको हो ।

उहाँको साउन १७ गते विहान ८ बजे गर्जेखोला घाटमा अन्त्येष्टि गरिएको छ ।

रोल्पा जन्मघर भइ ओलीको परिवार हाल घोराही १० नारायणपुरमा बस्दै आएको थियो ।