रिक्त ५२ पदमा आज उपनिर्वाचन हुँदै

चेतना अनलाइन

दाङ । दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका वडा नं. १६ सहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ३७ जिल्लामा आज उपनिर्वाचन हुँदै छ। त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका समय तोकिएको छ। मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

आज हुने उपचुनावमा गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २, भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभाको उपचुनाव हुन लागेको हो। त्यस्तै धरान उपमहानगरमा नगरप्रमुखका लायगि, फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्षको चुनाव हुँदै छ।

त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको चुनाव हुन लागेको हो। विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदै छ। उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन्। जसमध्ये प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ।