राेल्पाली समाजको सातौं साधारणसभा सम्पन्न, जन्मथलाेको विकाशमा लाग्नु पर्नेमा सबैको जोड

चेतना अनलाइन

शुक्रबार , ४ घाेराही । राेल्पाली समाज सेवा दाङकाे सातौं साधारणसभा आज घाेराहीमा सम्पन्न भएकाे छ ।

साधारणसभामा बाेल्न वक्ताहरुले जन्मभुमि राेल्पाकाे समग्र विकाशका लागि स्वदेश तथा विदेशमा रहेका सबै राेल्पालीहरु एक हुनु पर्ने बताए ।

उनीहरुले समाजले अागामी दिनमा थप सामाजिक सेवाका कामहरु गर्नु पर्नेआवश्यकता औंल्याए । समाजका अध्यक्ष मदन वलीले समाजलाई बृहत् ढंगले सञ्चालन गर्न स्पष्ट याेजना ल्याइने जानकारी दिए ।

कार्यक्रममा समाजका प्रेस सल्लाहकार, सल्लाहकार तथा अन्य सदस्यहरुले धारणा व्यक्त गरेका थिए । साधारणसभामा काेषाध्यक्षले पेश गरेकाे अार्थिक प्रतिवेदन र सचिवले पेश गरेकाे सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित भएकाे छ ।

राेल्पाली समाज दाङ राेल्पाबाट बसाइसराई गरि दाङमा बसाेबास गर्नेहरुले गठन गरेकाे सामाजिक संस्था हाे ।

समाजले हाल एम्बुलेन्स सेवा सञ्चालन गरिरहेकाे छ । केही महिना पहिले मात्र संस्थाले राेल्पाकाे परिवर्त गाउँपालिकामा बृहत् निशुल्क स्वास्थ शिविर आयोजना गरेकाे थियाे । निकट भबिष्यमा सस्थाले शववाहन सञ्चालन गर्ने तयारी गरेकाे छ ।