राजधानीको हल्ला, वेलझुण्डिमा देखिने कार लमहीतिर झरे

पाण्डव शर्मा
घोराही । सरकारले प्रदेशको अस्थायी मुकाम तोक्न ढिलाई गर्दा यहाँका घर जग्गा कारोवार व्यवसायीहरु तरंगित भएका छन् ।
सञ्चार माध्यम तथा विभिन्न सूत्रहरु मार्फत राजधानीका वारेमा गरिने चर्चाले घर जग्गा कारोवार व्यवसायीहरु तरंगित भएका हुन् ।

सरकारले पाँच नं प्रदेशको राजधानी दाङ तोक्ने र प्रदेशका मन्त्रालयहरु वेलझुण्डिस्थित नेपाल संस्कृत विश्व विद्यालयको भवनमा बस्ने चर्चा सँगै केही दिन यता त्यस आसपासमा निकै भिड लाग्ने गरेको थियो ।

Image result for घर जग्गा

दुई महिना पहिलेसम्म प्रति कटठ ६ लाख रुपैयाँ सम्म पर्ने जग्गालाई २० लाख रुपैयाँ सम्म बिक्री वितरण भएको स्थानीय राजन लामिछानेले जानकारी दिए । उनका अनुसार पछिल्लो एक महिनामा वेलझुण्डिमा दैनिक २० ओटा देखि ४० ओटा कारहरु जाने गर्दथे ।

प्रत्यक चोकमा जग्गाको भाउको वारेमा मोलमोलाईया हुने गरेको लामिछानेले जानकारी दिए । ‘तर, हिजो देखि एकाएक वेलझुण्डिमा गाडीहरु देखिन छाडे,’ उनले भने, ‘चोक चोकमा लमहीमा प्रदेशको अस्थायी मुकाम हुने हल्ला चलेको छ ।’

आजभोली लमही नगरपालिकाका भित्रि सडकहरुमा नयाँ नयाँ मान्छेहरु कारमा आउने गरेको स्थानीय कालुराम चौधरीले जानकारी दिए । ‘हामीलाई पनि जग्गा बिक्रि गर्छौं भनेर सोध्छन्,’ उनले भने, ‘चार÷पाँच लाख रुपैयाँ पर्ने जग्गालाई अहिले १० लाख रुपैयाँ सम्म भन्ने गरेका छन् ।’
प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा पहिले सरकारले प्रदेशको अस्थायी मुकाम तोक्ने अनुमान गरिएको थियो । तर, निर्वाचन सकिएको लामो समय वितिसक्दा समेत सरकारले अस्थायी मुकाम तोक्न सकेको छैन ।

यो सरकारले अस्थायी मुकाम नतोकेर नयाँ सरकारलाई तोक्ने जिम्मा दिने चर्चा चलेसँगै जग्गा व्यवसायीहरु थप तरंगित भएका छन् । केही व्यवसायीहरुले जग्गा खरिदका लागि महंगोमा करौडौं रुपैयाँ वयाना समेत दिइसकेका छन् ।

पाँच नं प्रदेशको राजधानी दाङ हुने कुरामा प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहमत भइसकेको एक मन्त्रिले जानकारी दिए । तर, अन्य केही प्रदेशमा अस्थायी मुकाम कहाँ राख्ने भनेर र प्रदेश पालमा सहमती हुन नसक्दा अस्थायी मुकाम तोक्न ढिलाई भएको उनको भनाई छ ।

पाँच नं प्रदेशको राजधानी दाङ तोकिने र त्यसको कार्यालय घोराही र वेलझुण्डिमा नै रहने ती मन्त्रीको दावी छ ।