मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहलाई

लमही । नेपाल पत्रकार महासंघ दाङ शाखाको २७ औं स्थापना दिवसको अवसरमा लमहीमा आयोजित मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहले हात पारेको छ ।


पहिलो टस जितेर व्याटिङ् रोजेको जनप्रतिनिधिको समूहले १५ ओभरको समाप्तीसंगै सम्पूर्ण विकेट गुमाउदै ८२ रन बनायो । जनप्रतिनिधिको समूहबाट भानु पन्तले २५ रनको योग्दान दिए ।

सद्धाम सिद्दिकीले २ छक्का हान्दै १७ रन जोडे । पर्शु चौधरीले १० रन, नारायण जिसीले ८ रन र उत्तम विष्टले ७ रनको योग्दान दिए ।


पत्रकारको समूहबाट शिबराज खनालले ह्याट्रीक सहित चार विकेट लिएका थिए । पत्रकार दशरथ घिमिरेले २, शिवु खनालले २ विकेट लिए ।


प्रियास्मृती गजमेरले एक विकेटको योग्दान दिए । पत्रकारको समूहबाट सबैभन्दा धेरै अमित तामाङ्ले ५६, कौशल अधिकारीले १४, शिवराज खनालले १० रन, दशरथ घिमिरेले पाँच रनको योग्दान दिए ।

प्रतियोगीतामा एम्पायरको भुमिका राहुल शहानी र सुरज खनालले गरे । मैत्रीपूर्ण खेल आयोजनामा लमही स्थित सिभिल बैंक, गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले सहयोग गरेका थिए ।
साथै प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राष्ट्रको सर्वाङ्गीन विकास गर्न खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । नेपाल पत्रकार महासंघ दाङको २७ औं स्थापना दिवसको अवसरमा लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजीत जनप्रतिनिधि र पत्रकार बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै शर्माले उनले यस्तो बताए ।

प्रकाशित मिति: December 18, 2019