मेयरकपको उपाधी घोराही १८ लाई

चेतना अनलाइन

घोराही, १२ माघ । घोराही उपमहानगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप रनिङ फुटबलको उपाधी वडा नं. १८ ले जितेको छ ।

नवलपुर खेलमैदानमा सोमबार भएको फाइनल खेलमा वडा नं. १४ लाई दुईका बिरुद्ध ५ गोल गर्दै वडा नं. १८ ले उपाधी जितेको हो । वडा नम्बर १८ का आसिक पुन बमभोलेले ३, रबिन रोका र बिराज रोकाले १/१ गोल गरेका थिए, भने १४ का स्वप्निल कुमाइ र सन्दिप चौधरीले १/१ गोल गरेका थिए ।

उपाधी बिजेता वडा नं. १८ ले नगद १ लाख, रनिङ सिल्ड पाएको छ , भने उपबिजेता वडा नं. १४ ले नगद ५० हजार, सिल्ड पाएको छ । पुस २७ गतेदेखि यस बर्षको मेयर कप फुटबल भएको हो । खेलमा नगरका १९ वटै वडाबाट खेलाडी सहभागी थिए ।

प्रकाशित मिति: January 27, 2020