मृतक परिवारलाई रोल्पाली समाजको आर्थिक सहयोग


चेतना अनलाइन

घोराही । रोल्पाली समाज सेवा दाङले संस्थाका सस्थापक सहसचिव स्व. सिर कुमार बुढाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

सस्थाको तर्फबाट ७ हजार ५ सय र सस्थाका कार्यसमिति तथा पदाधिकारीहरुले व्यक्तिगत रुपमा कुल ६ हजार १५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । किरिया खर्चबाफत सो रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष मदनकुमार वलीले जानकारी दिए ।

बुढालाई मदनकुमार वली, खर्कबहादुर डाँगी, बिशाल सुवेदी, हरिप्रसाद डाँगी, कृष्णबहादुर बुढामगर, रेवन्तकुमार श्रेष्ठ, खगेन्द्र बुढा, धनकुमार रोका, केवलप्रसाद खत्री, बुद्धिराम बुढा, व्रमण रोका र पूर्णबहादुर मगरले जनहि ५ सयका दरले सहयोग रकम प्रदान गरेका हुन् ।

क्यान्सरपीडि बुढाको ५१ वर्षको उमेरमा गत साता निधन भएको थियो । बुढाको आर्थिक अवस्था कमजोर भएकाले सस्थाले राहत स्वरुप सो रकम प्रदान गरेको समाजका कार्यसमिति सदस्य विशाल सुवेदीले जानकारी दिए । उनले समाजले यस्ता विभिन्न सामाजिक काम गरिरहेको जानकारी दिए ।

यसैबीच समाजका अध्यक्ष मदनकुमार वलीले मृतक बुढाका सन्तानहरुको शिक्षाको खर्चका लागि आवश्यक पहल गरिने जानकारी दिए । उनले बुढाको निधनले सस्थालाई अपुरणिय क्षती पुगेको बताए ।

कोषाध्यक्ष रेमन्तकुमार श्रेष्ठले समाजले आगामी दिनमा यस्तै खाले सामाजिक कामहरु निरन्तर गर्ने बताए । समाजले हाल एम्वुलेसन्स सेवा सञ्चालन गरिरहेको छ । निकट भविष्यमै शव बहान ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।