मृगौला पीडित दिलमाया द्धारा सहयोगको याचना

घोराही । बंगलाचुलि गाउँपालिका वडा नम्वर ८ झिंगाकी मृगौला पीडित दिलमाया सिंहले मृगौला प्रत्यारोपणको लागि सहयोग गरिदिन सबैसँग याचना गरेकी छिन । दुवै मृगौला खराव भए पछि फेर्ने अवस्थामा पुगेकी ३३ बर्षिया दिलमाया र उनका श्रीमान खिमानसिंह पुनले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि सबैमा आर्थिक सहयोगको याचना गरेका हुन् ।


पत्रकार सम्मेलनमा आफ्नो पीडा सुनाउदै दिलमायाका श्रीमान खिमानसिंहले दुवै मृगौला खराव भए पछि उपचारको लागि धेरै रकम खर्च भएको बताए । उनले गत मंसिर देखि उपचार सुरु गरेको र हालसम्म करिव ९ लाख रुपैँया खर्च भैसकेको र थप रकम आफुहरुसँग नभएको हुदाँ उपचारको लागि याचना गरेका हुन् । उनले भने ‘मेरो रगत मिलेको छ ।

श्रीमतिलाई मैले आफै मृगौला दिने सोच बनाएको छु ।’ उनले अगाडी थपे ‘अझै धेरै रकम लाग्ने भएको हुदाँ सबैसँग सहयोगको अपेक्षा गरेको छु ।’

अहिले श्रीमतिको मानव अंग प्रत्यारोपण केन्द्र काठमाडौमा उपचार भैरहेको हुदाँ सहयोग गर्नुहुनेले ९९५१५९९० नम्वरमा फोन गरेर वा कृषि विकास बैंकको खाता नम्वर ०९१९४०१५०९०९१०१४मा रकम जम्मा गर्नसकिने उनले बताए । पीडित दिलमायाको एउटा छोराले कक्षा ५ र एउटाले कक्षा ७मा पढ्दै गरेका छन् ।