मायाको हिसाब !

कविता

विन्दु केसी

आएका थियौ मायाका झुटा कसम लिएर
सङ्का गरिन बोलेको थ्यौ कि नशा नै पिएर।

विगत भुल्नु थियो कि शायद त्यो बेला तिमीलाई।
त्यसैले हो कि तिमीले समिप बोलायौ मलाई।।

महत्व थियो तिमीलाई त केवल समय बिताऊन।
सोचें म पागल माया हो हाम्रो जिन्दगी बिताऊन।

तिक्तता लाग्छ हरेक शब्द अचेल मलाई।
पर्दैन फरक छ अलग तिम्रो र मेरो भोगाई।।

नआऊ है तिमी फर्केर फेरी झुटो माया लिएर।
दिईसके विदा तिम्रो मायाको सबै हिसाब दिएर।।

प्रकाशित मिति: May 08, 2020