भोट माग्दै घोराही र तुलसीपुरका चोक-चोकमा शनि विश्वकर्माको सांगेतिक कार्यक्रम

चेतना अनलाइन

२९ असोज, दाङ्ग। आइएमई नेपाल लोकस्टार सिजन १ का प्रतिस्पर्धी शनी विश्वकर्मा भोट माग्दै घोराही आइपुगेका छन्। अन्तिम प्रतिस्पर्धामा छनोट हुन भोटकै आवस्यकता रहेकाले उनि भोट माग्न दाङ्ग आएका हुन्।

“शनी विश्वकर्मा जिताऔं अभियान” बुधबार नेपाल पत्रकार महासंघ दाङको भवनमा एक औपचारिक कार्यक्रमका विच सुरु भएको छ । उक्त कार्यक्रमको संयोजक अनतराष्ट्रिय रोल्पाली सेवा समाजका सदस्य शेरबहादुर डाँगीले गरिरहेका छन्।

शनी विश्वकर्मा जिताऔं अभियान अन्तर्गत बुधबार घोराही र तुलसीपुरका विभिन्न चोकमा सांगेतिक कार्यक्रम तथा र्‍याली निकाल्ने योजना रहेको संयोजक शेरबहादुर डाँगीले जानकारी दिए। शनिको आर्थिक अवस्था कम्जोर रहेकाले सक्ने जातिले भोट संगै आर्थिक सहयोग पनि गरिदिन उनले अपिल गरे।

शनि विभिन्न चरण पार गर्दै अहिले टप ४ मा पुगेका छन्। अबको यात्रा भोटले मात्रै तय गर्ने भएकाले समपूर्ण सुभचिन्तकहरुलाइ सक्दो भोट गरिदिन उनले अपिल गरेका छन्।

शनिलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा एल स्पेश २४ टाइप गरी नेपालबाट ३७०००, भारतबाट ५२०१०, कतारबाट ९२३०० मा पठाउन सकिन्छ भने ल्याण्डलाइनबाट १६६६७७२४ डायल गर्न सकिन्छ । आइएमई पेबाट नेपाल लोकस्टारमा गई सनीलाई भोट गर्न सकिन्छ । एउटा मोबाइल, ल्याण्डलाइन र आइएमई पेबाट जतिपटक पनि भोट गर्न सकिन्छ।