भारत – पाकिस्तान सीमा क्षेत्रमा तनाव कायमै, भारतीय आर्मीमा कार्यरत एक नेपालीको ज्यान गयो

काठमाडौँ । भारत-पाकिस्तान सीमा क्षेत्रमा भएको लडाइँमा भारतीय सेनामा कार्यरत एकजना नेपालीको ज्यान गएको छ ।

आज भारत-पाकिस्तान विवादित सीमा क्षेत्र जम्मु कश्मीरको नाउसेरा भन्ने स्थानमा भएको घटनामा एकजना भारतीय सुरक्षाकर्मीको ज्यान गएको हो । ती सुरक्षाकर्मी नेपाली भएको त्यहाँका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

उनको नाम दिपक कार्की भएको र नेपालको स्थायी ठेगाना खुल्ने क्रममा रहेको संचारमाध्यमहरुले जानकारी दिएका छ ‌‌। उनी भारतीय सेनामा हल्दार पदमा कार्यरत थिए ।

आज बिहान पाकिस्तानले अचानक हमला गरेपछि आफ्ना एक जना सुरक्षाकर्मीको ज्यान गएको र अर्का एकजना गम्भीर घाइते भएको अन्तरास्ट्रिय संचार माध्यम हरु ले जानकारी दिएका छन् ।

भारत-पाकिस्तान बीच हतिहार नचलाउने सहमति भएपनि विगतदेखि नै दुवै पक्षबाट सहमति उल्लंघनको घटनाहरु भइरहेका छन् ।

प्रकाशित मिति: June 22, 2020