भारतले सार्वजनिक गरेको नक्साको बिरोधमा घोराहीमा विद्यार्थीहरुको प्रर्दशन

चेतना अनलाइन

घोराही । भारतले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेर बनाएको नयाँ नक्साको बिरोधमा दाङका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु दाङको आयोजनामा विद्यार्थीहरुले घोराहीमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय हस्तक्षप बन्द गर, राष्ट्रियताको रक्षा गरौं लगायतका नारा लगाएका थिए ।

विरोध प्रदर्शन पछि तुलसीपुरचोकमा आयोजित कोणसभालाई संवोधन गर्दै अनेरास्ववियुका पूर्व केन्द्रीय नेता एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठले भारतीय हस्तक्षपको विरुद्ध सबै लाग्नुपर्ने बताए ।

उनले भारतीय हस्तक्षपको सडक, सदन र सरकारबाट विरोध गरिने जानकारी दिए । श्रेष्ठले भारतीय हस्तक्षपको विरुद्ध युवाहरुले सशक्त प्रतिरोध आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेकपा घोराही १५ का अध्यक्ष राजकुमार अधिकारी, साविकको अनेरास्ववियुका सचिव विराज डिसी, बसन्त भण्डारी, डिभाइड शर्मा, संगित अधिकारी लगायतले संवोधन गरेका थिए ।