भाजपाले भारतमा चुनाव जित्यो , वीरगञ्जमा नारा लाग्यो ‘हरहर मोदी घरघर मोदी’

काठमाडौं – भारतमा लोकसभा निर्वाचनमा सत्तारुढ भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा खुसीयाली मनाइएको छ। विभिन्न समूहले वीरगन्जमा ब्यानरसहित र्‍याली निकालेका छन्।

सहर परिक्रमा गर्दै विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ भने मिठाइ पनि बाडिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जितको खुसीयालीमा विश्व हिन्दू संगठन ओईसही नागरिक समाजले र्‍याली निकालेका हुन्। र्‍यालीमा हर हर मोदी, घर घर मोदी, आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए।

याली, दीप प्रज्ज्वल सहित मिठाई बाँडियो

भारतको लोकसभा चुनावमा सत्तारूढ पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक सफलता पाएको भन्दै नेपालको वीरगन्जमा अलग अलग समूहले खुसीयाली मनाएका छन्।

ती समूहले मोदीको तस्बिरसहितको ब्यानर बोकेर सहर परिक्रमा गरे भने दीप प्रज्ज्वल र मिठाइ पनि बाँडेका छन्। मोदीको जीतको खुसियालीम विश्व हिन्दू संगठन नामका युवाले वीरगन्जको घन्टाघरबाट मोटरसाइकल र्‍याली निकालेका हुन्।

This image has an empty alt attribute; its file name is modi-rally-in-nepal1.jpg

ओईसही नागरिक समाज पर्साले घण्टाघरमा मोदी नेतृत्वको पार्टीको विजयको खुसियालीमा मिठाई वितरण गरेको छ। मिठाई वितरणपछि त्यही स्थानमा बिहीबार साँझ मैनबत्ती पनि बालिएको छ।

यसअघि मोटरसाइकल र्‍याली घण्टाघरबा गरेर हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए। उनीहरूले मोदीको फोटो र झन्डासहित वीरगन्जको शंक्राचार्य गेटसम्म पुगेर घण्टाघरमै कोण सभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै कृष्ण चौरसियाले मोदीको जित भारतसहित नेपालको हितमा पनि रहने बताए। मोदीको जितले विश्वभर रहेकाहिन्दूको हित हुने बताउँदै उनले नेपाललाई पनि हिन्दू राष्ट्र घोषणा गर्न सफल हुने विश्वास व्यक्त गरे।