भाजपाका उम्मेदवार राजु विष्ट दार्जिलिङबाट तीन लाख भोटले विजयी भए

दार्जिलिंग, १० जेठ । १७औँ लोकसभा चुनावमा दार्जिलिंग लोकसभा समष्टिमा भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार राजु विष्ट ३ लाखभन्दा बढी भोटले विजय भएका छन् ।

उनके पश्चिम बंगालका शासक दल तृणमूल कांग्रेसका उम्मेदवार अमरसिंह राईलाई पराजित गरेका हुन् । दार्जिलिंग लोकसभा समष्टिमा भाजपाको यो जीत तेस्रो पटक हो ।

यसभन्दा अघि २००९ मा जसवंत सिंह अनि २०१४ मा एसएस अहलुवालियाले भाजपा उम्मेदवारको रूपमा जीतेका थिए ।

यसरी नै पश्चिम बंगाल विधानसभा आसनको निम्ति भएको दार्जिलिंग विधानसभा समष्टिको चुनावमा पनि भाजपाका उम्मेदवार नीरज जिम्बाले विजय हासिल गरेका छन् ।

जिम्बाले गोर्खा जनमुक्ति मोर्चाका उम्मेदवार विनय तामाङलाई पराजित गरेका हुन् ।