बारबर्दियामा सहिद बिष्णु–धनि बहुप्राबिधिक शिक्षालय सञ्चालन हुने

घोराही । बर्दियाको बारबर्दिया नगरपालिका र सिटिइभिटीको साझेदारीमा सहिद बिष्णु–धनि बहुप्राबिधिक शिक्षालय सञ्चालन हुने भएको छ ।

बारबर्दिया ७ का सहिद बिष्णु पोख्रेल र बारबर्दिया ५ का सहिद धनिराम चौधरीको २०५५ जेठ २८ गते हत्या गरिएको थियो ।

उहाँहरुको सम्मान र जिल्लामा प्राबिधिक शिक्षाको विकासका लागि नगरपालिकाले सहिद बिष्णु–धनि बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्न थालेको हो ।

यसैबीच प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् ९सिटिइभिटी० यसै बर्षदेखि कक्षा सञ्चालन गर्ने गरी अनुमति दिएको छ ।

शिक्षामन्त्री तथा परिषद्का अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बिष्णु–धनि बहुप्राबिधिक शिक्षालयलाई कक्षा सञ्चालनको अनुमति दिएको शिक्षामन्त्रीको प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो । यसमा यो बर्षदेखि वन विज्ञान र सर्भे इञ्जिनियरिङ पढाइ हुने छ ।