बादलले भने – म संसबाट होइन सडकबाट समाजवादी क्रान्ति गर्छु (भिडियो अन्तर्वार्ता)

पाण्डव शर्मा
घोराही, ७ मंसिर । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्व रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ ले आफू संसबाट नभएर सडकबाट समाजवादी क्रान्तिमा सामेल हुने बताएका छन् ।

चेतना अनलाइनको ‘सम्वाद कार्यक्रममा’ बोल्दै बादलले यसैका लागि आफू निर्वाचनमा उम्मेदवार नबनेको जानकारी दिए । ‘पार्टी भित्र सबै नेता आफ्नै गृह जिल्लाबाट चुनाव लड्ने विधि बने अनुरुप म चितवनबाट चुनाव लड्न चाहन्थे,’ बादलले भने, ‘तर, ६०÷४० को भागबन्दा गर्दा मेरो निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारलाई भाग प¥यो ।’

संसद् समाजवादी क्रान्तिको एउटा मोर्चा भए पनि सम्पूर्ण थोक भने नभएको उनको भनाई छ । बादलले समाजवादी क्रान्तिमा सडक संघर्ष पनि आवश्यक पर्ने भएकाले आफूले त्यो मोर्चा सम्हाल्ने प्रतिकृया दिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकता इतिहासको आवश्यकता भएकाले निर्वाचन लगत्तै दुबै पार्टी एक हुने बादलको भनाई छ । ‘हाम्रो कार्यदिशामा एकरुपता आएको छ, हाम्रो लक्ष्य समाजवादी क्रान्ति हो,’ उनले भने, ‘अब पार्टी कुनै पनि हालतमा एक हुन्छ ।’

बादलले एकीकृत पार्टीको नेतृत्वको विषयमा नेताहरुबीच भद्र सहमती भइसकेको समेत स्वीकार गरे । तर, उनले कुन पदमा कुन नेताको सहमती भएको हो त्यो खोल्न चाहेनन् ।

हेर्नुहोस् भिडियो