फिल्मि तरिकाले कुकुरले बलात्कारीलाई टोकेपछि बालिका बलात्कृत हुनबाट बचिन्

भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन सफल भएकी छन् । १४ वर्षीया बालिकालाई दुईवटा युवकले बलात्कार गरिरहेको अवस्थामा घरमा पालेको कुकुरले दुवै बलात्कारीमाथि झम्टिन पुग्यो ।  कुकुरले बलात्कारीमाथि झम्टिँदै गर्दा एउटाको खुट्टामा गहिरो चोट लाग्ने गरी टोकी दियो ।

शनिबार राति बालिकाकी हजुरआमाले बालिकालाई मच्छर मार्ने धुप किनेर ल्याउन भनेकी थिइन । उनी धुप किन्न बाहिर निस्कँदै गर्दा दुई युवकले  जबरजस्ती उठाएर घरनजिकै अँध्यारो ठाउँमा लगेका थिए ।

त्यसपछि उनीहरुले बालिकाको मुखमा कपडा कोची बलात्कार गर्ने प्रयास गरे । त्यही बेला बालिकाले पालेको कुकुर आएर बलात्कारीको खुट्टामा गहिरो घाउ हुनेगरी टोकिदियो। उनीहरु त्यहाँबाट भागेपछि  बालिका उम्कन सफल भएकी हुन् ।

भारतको मोती नगर पुलिस स्टेसनका इन्सपेक्टर विपीन ताम्राकारका अनुसार घटना शनिबार राति भएको भएपनि पीडित बालिकाले बलात्कारीको डरले आइतरबार मुद्दा दर्ता गराउन सकिनन् ।

बालिकाले परिवारका सदस्यसँग घटनाबारे जानकारी गराउँदा उनीहरु अचम्ममा परे । यसअघि मदिरा तस्करीको आरोपमा जेल परेका उनीहरु तत्काल जेलबाट छुटेका थिए । घटनाको अनुसन्धान भइरहेको छ । एजेन्सी