प्रेस संगठनले प्रचण्डसँग पत्रकार भेटघाट गर्ने

चेतना अनलाइन

घोराही । प्रेस संगठन दाङले पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधवार पत्रकार भेटघाट गर्ने भएको छ ।

बुधवार विहान ८ बजे घोराहीमा प्रचण्डसँग पत्रकार भेटघाट आयोजना गरिएको संगठनले जनाएको छ । नेकपा दाङले तुलसीपुरमा आयोजना गर्न थालेको बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन प्रचण्ड मंगलवार बेलुकी दाङ आउँदै हुनुहुन्छ ।
प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव विष्णु पौडेल पनि आउनुहुने छ ।

यसैबीच प्रेस संगठन दाङको कार्यदल बैठक आज घोराहीमा सम्पन्न भएको छ । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख शरद अधिकारीको प्रमुख आतिथ्यता एवम् प्रचार विभाग उपप्रमुख आजाद खड्काको विशिष्टि आतिथ्यतामा बैठक बसेको थियो ।

प्रेस संगठनको चार सदस्यीय कार्यदलमा जेएन सागर, प्रकाश चौधरी, पाण्डव शर्मा र प्रेमबहादुर रहनुभएको छ । नेकपा दाङले पार्टीका साविकका सबै जनवर्गीय संगठनका कार्यसमिति विघटन गर्दै दुबै संगठनका अध्यक्ष र सचिव सम्मिलित कार्यदलय बनाएको छ ।