प्राविधिक शिक्षा हाम्रो प्राथमिकता : मुकुन्दप्रसाद शर्मा

मुकुन्दप्रसाद शर्मा
क्याम्पस प्रमुख
मुसिकोट बहुमुखी क्याम्पस, रुकुम

यस अघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेको पश्चिम रुकुम स्थित मुसिकोट बहुमुखी क्याम्पस यस शैक्षिकसत्र देखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा स्थापित भएको छ । २०३७ सालमा स्थापना भएको यस क्षेत्रकै सबैभन्दा जेठो क्याम्पसमा आगामी शैक्षिक सत्र देखि नयाँ विषयहरु पनि थप हुन थालेका छन् । क्याम्पसको शैक्षिक गतिविधि, शैक्षिक कार्यक्रम, भौतिक पूर्वाधार लगायतका विषयमा केन्द्रित रहेर रुकुम स्थित पत्रकार लक्ष्मण केसीले क्याम्पस प्रमुख मुकुन्द प्रसाद शर्मासँग गरेको कुराकानि यहाँ प्रस्तुत गरिएको छ ।

 

तपाईहरु त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित हुनुहुन्थ्यो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा किन जानुभयो ?
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सार्वजनिक शिक्षामा गुणात्मकता कायम गर्नका लागि आफ्ना कार्यक्रमहरु ल्याएर अघि आएको छ ।

विशेष गरेर मध्यपश्चिम क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरुको गुणस्तर कायम गर्नका लागि नयाँ योजना ल्याएको छ । मध्यपश्चिम विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय भन्दा फरक देखिएको छ । खास गरेर ४० पूर्णाङ्कको प्रयोगात्मक र ६० पूर्णाङ्कको लिखित गर्ने भएको छ ।

यसले भर्ना भएका सबै विद्यार्थीहरु प्रथम श्रेणीमा उत्र्तीण हुने अवस्था सृजना भएको छ । सेमेस्टर प्रणालीमा पाठ्यक्रम डिजाइन गरिएको छ । यसले विद्यार्थीहरुको शिक्षामा गुणस्तर कायम हुने देखेर हामी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गएका हौं ।

 

तपाईहरुले नयाँ विषयहरु पनि लिन खोज्नुभएको छ । यो क्याम्पसमा कुन कुन नयाँ विषयहरु आउँदै छन् ?
हामीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चलिरहेका विषयलाई नै प्राथमिकतामा राखेका छौं । यो भन्दा आगाडी हामीले क्याम्पस सञ्चालक समितिको बैठकबाट विएससी एजी सञ्चालन गर्ने निर्णय गरेका थियौं ।

त्यसका लागि विश्वविद्यालयले भौतिक पूर्वाधार तर्फ ८० लाख रुपैयाँ विनियोज गरेको छ । हामीले विशेष गरेर मानविकि सङ्कायमा सोसल ओर्क, जर्नालिजम र अन्तराष्र्टि«य सम्बन्धन जस्ता विषयहरु अर्को शैक्षिकसत्र देखि थप्ने जमर्को गरेका छौं ।

 

पछिल्लो समय देशव्यापी नै सरकारी क्याम्पसहरुमा विद्यार्थी सङ्ख्या घटेको देखिन्छ । यहाँको अवस्था कस्तो छ ?
यहाँ पनि पक्कै त्यस्तो अवस्था छ । रुकुम जिल्लामा मात्रै ९ ओटा क्याम्पस सञ्चालित छन् । त्यो पनि शिक्षा सङ्कायकै हुन् । एक प्रकारले चुनौती थपिएको छ ।

थपिएको चुनौतिको सामना गर्नु नै महत्वपूर्ण कुरा हो । हामीले चुनौतिको सामना गर्दै गुणस्तर कायम गर्न सक्यौं र विश्वविद्यालयको पाठ्यक्रमलाई पूर्णता दिन सक्यौं भने अवस्य सुधार हुन्छ ।

अहिले जसरी सरकारी क्याम्पसका विद्यार्थी घट्ने क्रम बढेको छ । यसलाई हामीले अवस्य रोक्न सक्छौं भन्ने विश्वास लिएका छौं ।

 

तपाईहरुले अहिले प्राविधिक विषयहरु लिन खोज्नुभएको छ । यसको आवश्यकता किन देखियो ?
यो देशको आवश्यकता हो । नेताहरुले भौतिक पूर्वाधारतर्फ र प्राविधिक विषयमा जोड दिनुभएको छ । वास्तवमा प्राविधिक शिक्षाले नागरिकको सीप र दक्षताको विकास गर्ने, रोजगारीको ग्यारेण्टि गर्ने गर्छ ।

यसले रोजगारीका समस्या समाधान पनि गर्छ । त्यसैले हामीले निकट भविष्यमा नै प्राविधिक तथा व्यवसायीक विषय लिन खोजेका छौं ।

यो क्याम्पस यस क्षेत्रकै जेठो क्याम्पस हो । यहाँको भौतिक पूर्वाधार, खेल मैदान र प्रयोगशालाको अवस्था कस्तो छ ?
हामी अन्य क्याम्पसहरुको तुलनामा अघि नै छौं । जतिवेला त्रिभुवन विश्वविद्यालयले निजि स्तरमा क्याम्पसहरु सञ्चालन गर्ने अनुमति दियो ।

यो क्याम्पस २०३७ सालमा स्थापना भएको हो । यो क्याम्पस यस क्षेत्रकै जेठो क्याम्पस हो । हामी भौतिक रुपमा सम्पन्न नै छौं । हामीले खेलमैदान निर्माण गरेका छौं । हामीसँग खेलकुद सामाग्रीहरु पर्याप्त मात्रामा छन् ।

हामीले पुस्तकालय पनि राम्रो बनाएका छौं । पुस्तकालय भित्र करिव ४ हजार पाँच सय पुस्तकहरु रहेका छन् । हामी अन्य क्याम्पसको तुलनामा भौतिक, खेलकुद र प्रयोगशालाका हिसावले अघि छौं । यो कुरा यहाँको सम्पूर्ण गतिविधिले पनि देखाएको छ ।

खेलमैदानको अवस्था कस्तो छ ?
हामीसँग पहिले खेल मैदानको केही समस्या थियो । अहिले हामीले खेलकुद मन्त्रालयबाट दश लाख रुपैयाँ प्राप्त ग¥यौं ।

तत्कालिन खेलकुदमन्त्री माननीय दलजित शेर्पाली हुनुहुन्थ्यो । उहाँले हामीलाई सहयोग गर्नुभयो । त्यो रकमले हामीले वास्केटवल कोर्ट निर्माण गर्न सफल भएका छौं । हामी अन्य रुकुमका क्याम्पसलाई देख्यौं भने खेलकुद मैदान नै देख्दैनौं । यो दृष्टिले हेर्दा हामी नितान्त भिन्न छौं ।

 

तपाई लामो समय देखि शिक्षा क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । अहिले सरकारले सेमेस्टर प्रणालीमा लगेको छ । यसको औचित्य के हो ?
यो अत्यन्त जटिल प्रक्रिया हो । विद्यार्थी संघ संगठनहरुले यसको विरोध गरेको अवस्था छ । यो भन्दा अगाडी त्रिभुवन विश्वविद्यालयले डिग्रीमा काठमाडौं भित्रै सेमेस्टर प्रणाली लागु ग¥यो । बाहिर सकिदैन भनेर विद्यार्थी संघसंगठनहरुले आवाज उठाए ।

हामी कहाँ पनि डिग्री चलिरहेको छ । थोरै विद्यार्थीहरुको वावजुत पनि हामी सेमेस्टर प्रणाली लागु गर्न सफल भएका छौं । जब विद्यार्थीहरु परिक्षा फर्म भर्ने र परिक्षा दिनमा मात्रै केन्द्रित हुन थाले तव क्याम्पसका गतिविधि शुन्य हुन थाले ।

विश्वविद्यालय विश्वविद्यालय जस्तो र क्याम्पस क्याम्पस जस्तो हुन सकेन । विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउने र उनीहरुलाई पढाईतर्फ उत्प्रेरित गर्नका लागि सेमेस्टेर प्रणालीको आवश्यकता देखिएको हो ।

तपाईले यस क्षेत्रकै जेठो क्याम्पसको नेतृत्व गर्दै आउनुभएको छ । तपाईसँग शिक्षा क्षेत्रमा लामो अनुभव पनि छ । नेपालको शिक्षा प्रणालीको के चुनौती देख्नुहुन्छ तपाई ?
वास्तवमा देशको समृद्धिसँग शिक्षाको समृद्धि जोडिएको छ ।

केही वर्ष यता नेपालको शिक्षा प्रणाली अस्तव्यस्त जस्तै भयो । त्यसलाई समृद्धिसँग जोड्नका लागि नयाँ सोँच र नयाँ बिचारलाई अगाडी राखेर काम गर्न सक्नुपर्छ । शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास सम्भव छैन ।

शिक्षा क्षेत्रमा जुन खालको लगानी भएको छ त्यस अनुरुप काम गर्न सकेको खण्डमा हामी अगाडी बढ््न सक्छौं । हाम्रो शिक्षा अलि परम्परागत जस्तो पनि छ । हामीले वैज्ञानिक र व्यवहारी शिक्षा तर्फ ध्यान दिनै पर्छ ।

प्राविधिक शिक्षालाई राज्यले उच्च प्रथामिकतामा राख्नुपर्छ । शिक्षा क्षेत्रमा देखिएका भौतिक पूर्वाधार, शैक्षिक र शिक्षण क्रियाकलाप सम्बन्धी विभिन्न चुनौतिहरु छन् । त्यसको सामना गर्नुपर्छ । अहिले सूचना प्रविधिसँग हाम्रो शिक्षा अपडेट हुन जरुरी छ ।

 

यस क्षेत्रका शिक्षासँग सरोकार राख्ने तह र तप्काहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
वास्तवमा ठूलो तपस्या र अग्रजहरुको त्यागले आज हाम्रो क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत आङ्गिक क्याम्पसको रुपमा स्थापित भएको छ ।

यसको लागि हाम्रा अग्रजहरुले पु¥याएको योगदानको हामीले सम्मान गर्नै पर्छ । अहिले हामी जुनसुकै स्थानमा रहन सक्छौं । हामी सबैले आएको जिम्मेवा

Facebook Instant Articles

Yoast SEO

Better Reviews

Better Ads Manager

AddThis Tools

Select “Off” to stop the AddThis plugin from automatically adding tools above and below this entry.

Ad Inserter Individual Exceptions

रीलाई गहन ढंगले पुरा ग¥यौं भने अँझ अघि बढ्न सकिन्छ ।