प्राविधिक शिक्षामा प्रदेश सरकारको उच्च प्राथमिकता : सोनाम

सन्तोष डाँगी

घोराही । प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्राविधिक शिक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेश पाँचकै नमूना प्राविधिक कलेजको रुपमा स्थापित शहीद कृष्णसेन बहुप्राविधिक शिक्षालय घोराहीको निर्माणाधीन भवनको निरिक्षण गर्दै उनले प्राविधिक जनशक्तिको उत्पादनमा सरकारले विशेष ध्यान दिएको जानकारी दिए ।

‘प्राविधिक शिक्षा अहिलेको आवश्यकता हो, प्राविधिक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालयहको विकास गर्ने हाम्रो लक्ष्य रहेको छ,’ केसीले भने, ‘छोटा प्रकृतिका तालिमहरु आयोजनाहरु गरेर युवाहरुलाई स्वरोजगार बनाउन हामी पहल गर्ने छौं ।’

मुलुकको विकासका लागि सबै पक्षबीच सहकार्य गर्नुपर्ने उनले आवश्यकता औंल्याए । भवन निरिक्षण पछि सञ्चारकर्मीहरुलाई प्रतिकृया दिदै उनले भने, ‘यहाँको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासका लागि विशेष पहल गर्नुहुने नेकपाका जिल्ला इञ्चार्ज तथा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमजीलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

नेकपाका केन्द्रीय सदस्य दाङ जिल्ला इञ्चार्ज एवम् संघीय सरकार शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले दाङ पछिल्लो दुई वर्षमा शिक्षाको हव बनेको बताए ।

‘अब प्राविधिक जनशक्ति यहीँबाट उत्पादन हुन्छ, यसकारण दाङबाट वार्षिक रुपमा भइरहेको करोडौं पूँजी पलायन रोकिने छ,’ उनले भने, ‘शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बनेका पूर्वाधारहरुलाई सही ढंगले सञ्चालन गर्न यस क्षेत्रका सबै पक्षहरुबीच सहकार्य गर्न आवश्यक छ ।’

कृष्णसेन बहुप्राविधिक शिक्षालयका संयोजक केशरमान विसिले निर्माणधीन भवन र त्यहाँ सञ्चालन भइरहका कार्यक्रहरुको वारेमा जानकारी दिएका थिए । उनले प्राविधिक शिक्षालयमा मुलुकका विभिन्न क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्न आउने क्रम बढीरहेको बताए ।

सहिद कृष्णसेन बहुप्राविधिक शिक्षालयकाे निर्माणाधीन भवन निरक्षण पछि प्रतिकृया दिदै प्रदेश ५ का अान्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी "साेनाम" । भवन निर्माणमा सहयाेग गर्ने प्रतिबद्धता !

Gepostet von Pandav Sharma am Mittwoch, 16. Oktober 2019