प्रदेश ५ को इञ्जिनियरिङ क्याम्पस दाङमा, महेन्द्र क्याम्पसमा नयाँ संकायको रुपमा चलाइने

नरेन्द्र केसी (नयाँ युगबोध)

घोराही,  पछिल्लो समय एकपछि अर्को शैक्षिक संस्था थपिदै गएको दाङमा त्रिभुवन विश्वविद्यालयको प्रदेशस्तरीय इञ्जिनियरिङ क्याम्पस पनि थपिने भएको छ। झण्डै चार वर्षको प्रयासपछि दाङमा सरकारी इञ्जिनियरिङ पढाइ सञ्चालन गर्ने औपचारिक निर्णय भएको हो।

सातवटै प्रदेशमा सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने सरकारको योजनाअनुसार यो वर्ष प्रदेश २, ५ र ७ मा नया“ क्याम्पस थपिएको हो। दुईपटकको संभाव्यता अध्ययनपछि प्रदेश ५ को इञ्जिनियरिङ क्याम्पस दाङमै उपयुक्त हुने र त्यो पनि पर्याप्त जग्गा जमिन भएको त्रिभुवन विश्वविद्यालको आंगिक क्याम्पस महेन्द्र बहुमुखीकै नया“ संकायको रुपमा राख्न सहज हुने प्रतिवेदन आएपछि सरकारले सोहीअनुसार निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो।

अहिले त्रिभुवन विश्वविद्यालयका चारवटा इञ्जिनियरिङ क्याम्पस चलिरहेका छन्। पुल्चोक, थापाथली, पोखरा र धरानमा त्रिविका इञ्जिनियरिङ क्याम्पस रहेका छन्। दाङमा इञ्जिनियरिङ कक्षा सञ्चालन भयो भने पनि सोहीस्तरको पढाइ सोही शुल्कमै दाङमै हुनेछ। दाङमा शैक्षिक विकासका लागि धेरै काम भए पनि सरकारी इञ्जिनियरिङ क्याम्पसको आवश्यकता महसुस गरेर आफू दाङमा तत्कालीन एनेकपा माओवादीको इञ्चार्ज हु“दा पहल थालेको उल्लेख गर्दै गौतमले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेटमा सरकारले सातै प्रदेशमा इञ्जिनियरिङ क्याम्पस पु¥याउने उल्लेख गरेपछि प्रक्रिया अघि बढाउन थप सहज भएको बताउनुभयो।

वर्तमान सरकार बनेस“गै शिक्षामन्त्री पोख्रेलले इञ्जिनियरिङ क्याम्पस नखुलेका प्रदेशमा सञ्चालनका लागि सभाव्यता अध्ययन गर्न कार्यदल बनाउनुभएको थियो। सो कार्यदलले भौगोलिक अवस्थिति र वातावरणीय दृष्टिले प्रदेश ५ को सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्न दाङमै उपयुक्त हुने प्रतिवेदन दिएको थियो। सोही प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगलाई थप सम्भाव्यता अध्ययनका लागि अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा आयोगका सदस्य सचिव प्रा. डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाइ आयोगले दोस्रोपटकको सम्भाव्यता अध्ययन गरेको थियो। सो समितिले पनि प्रदेशको इञ्जिनियरिङ क्याम्पस दाङमै उपयुक्त हुने निष्कर्षसहित दाङ देउखुरीका विभिन्न भागमा पर्याप्त जमिन रहेको महेन्द्र बहुमुखी क्याम्पसमा नया“ संकायको रुपमा चलाउनु उपयुक्त हुने प्रतिवेदन दिएको थियो।

समितिको प्रतिवेदन अनुदान आयोगको बोर्डले पारित गरेर मन्त्रालयमा पठाएपछि शिक्षा मन्त्रालयले गत आर्थिक वर्षमै दाङमा सरकारी इञ्जिनियरिङक्याम्पस खोल्ने निर्णय गरेको थियो। फलस्वरुप चालु आर्थिक वर्षको बजेटमा प्रदेश २, ५ र ७ मा नया“ इञ्जिनियरिङ क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि ८९ लाख ८० हजार बजेट विनियोजन गरेको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार गौतमले जानकारी दिनुभयो।

वार्षिक बजेटका आधारमा विश्वविद्यालय अनुदान आयोगले गत सोमवार मात्रै त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरी काम अघि बढाउन आग्रह गरेको आयोगका सदस्य सचिव प्रा. डा. अधिकारीले जानकारी दिनुभयो। ‘हामीले प्रदेश ५ को महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा इञ्जिनियरिङ बिधाका कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि विस्तृत आयोजना प्रस्ताव तयारी गरी उपरोक्तअनुसारको कार्यक्रम कार्यान्वयन गर्न माननीय शिक्षा तथा प्रविधिमन्त्रीबाट निर्देशन प्राप्त भएकाले सो सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरी पठाएका छौं’– उहा“ले भन्नुभयो। यो अनुरोधका आधारमा त्रिविको कार्यकारी परिषद्ले निर्णय गरेपछि यही आर्थिक वर्षमै डिपीआर हुनेछ।

डिपिआरपछि अर्को वर्षबाट भवन निर्माणलगायतका काम शुरु हुने भए पनि मौजुदा पूर्वाधार प्रयोग गरेर आगामी शैक्षिकसत्रबाटै इञ्जिनियरिङ अध्ययनका लागि प्रक्रिया अघि बढाइने मन्त्रीका प्रमुख सल्लाहकार गौतमले जानकारी दिनुभयो।

क्याम्पसमा थपिदै आकर्षण, बढ्दै विद्यार्थी

यता क्याम्पसमा बीबीए र प्रशासनिक भवन निर्माणको काम शुरु गरिएको छ। मन्त्रीका सल्लाहकार गौतमकै पहलमा आएको दुई करोड बजेटबाट भवन निर्माण शुरु गरिएको छ। ‘हामीले चार तलाको डिपिआर तयार गरी भवन निर्माण शुरु गरेका छौं’– क्याम्पस प्रमुख दिवाकर शर्माले भन्नुभयो– ‘तर अहिले तीन करोडको लागतमा एक तले भवन निर्माणको मात्रै काम शुरु भएको छ।’ आगामी असारमा निर्माण सम्पन्न गर्ने गरी काम शुरु भइसकेको छ।

कुनै बेला झण्डै छ हजारसम्म विद्यार्थीले अध्ययन गरेको यो क्याम्पसमा पछिल्लो समय विद्यार्थीको संख्या न्यून भइसकेको थियो तर बीबीए र बिएस्सी कार्यक्रम थपिएपछि विद्यार्थीको आकर्षण पुनः बढ्न थालेको छ। यसपटक ६४ जना विद्यार्थीका लागि बीबीएमा भर्ना आव्हान गरिएकोमा एक सय ४२ ले सिम्याट परीक्षा दिएका छन्। गत वर्ष ५४ विद्यार्थीले परीक्षा दिएकोमा ४७ जना उत्तीर्ण भएपछि पढाइ स्तर राम्रो देखेर विद्यार्थीको आकर्षण बढेको हुनसक्ने क्याम्पस प्रमुख शर्माले बताउनुभयो।

अहिले स्नातकोत्तरतर्फ ब्यवस्थापनमा एक सय ३५, राजनीतिशास्त्रमा २४ र अंग्रेजीमा १८ जना विद्यार्थी पढिरहेका छन् भने स्तातकतर्फ बीबीएमा एक सय १८ र बीबीएसमा सात सय विद्यार्थी छन्। त्यस्तै बिएडमा छ सय, बिएस्सीमा तीन सय, बीएमा चार सय र एक वर्षे बीएडमा ७४ विद्यार्थी अध्ययरत रहेको क्याम्पसका सूचना अधिकारी सुदर्शन रिजालले जानकारी दिनुभयो। अब इञ्जिनियरिङ संकाय पनि आयो भने क्याम्पसको आकर्षणका लागि मात्रै होइन दाङकै शैक्षिक जगतमा ठूलो प्रगति हुने उहा“को विश्वास छ।

दाङवासीलाई अपनत्व लिन गौतमको आग्रह

यसैबीच शिक्षामन्त्रीका प्रमुख सल्लाहकार एवं सत्तारुढ नेकपा दाङका इञ्चार्ज जीवन गौतमले पछिल्लो समयमा भइरहेका प्रगतिको स्वामित्व लिन दाङवासीलाई आग्रह गर्नुभएको छ। प्राविधिकरुपमा कसै न कसैले पहल गर्नुपर्ने र आफू नीति निर्माण गर्ने ठाउमा भएकाले पहल गरे पनि यो उपलब्धि दाङवासीको भएकाले साझा उपलब्धिको रुपमा लिन उहा“ले सबैलाई आग्रह गर्नुभयो।

‘अन्य जिल्लामा आफ्नो पहु“च नहु“दा पनि धेरै काम भएका छन् तर दाङमा काम हु“दा पनि अपनत्वको सवालमा समस्या देखिन थालेको छ, एउटाको पहलमा आएका संस्थाहरुमा अरुले असहयोग गर्ने क्रम दाङको प्रवृत्तिजस्तो देखिन थालेको छ’– उहाले भन्नुभयो– ‘यो समस्या तत्काल रोक्नुपर्छ र दाङले पाएका उपलब्धिलाई साझा दाङवासीको सम्पत्तिको रुपमा लिएर थप विकास गर्न मेरो विशेष अनुरोध छ।’

एक डेड वर्षको बीचमा दाङमा शैक्षिक संस्था थपिने क्रम जारी छ। गत वर्ष मात्रै प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को आंगिक कलेजको रुपमा सहिद कृष्णसेन बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको छ भने यो वर्षदेखि तुलसीपुरमा उपमहानगरस“गको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको छ। गत र यो वर्ष दाङमा २३ वटा सामुदायिक विद्यालयले प्राविधिक कक्षा सञ्चालनको अनुमति पाएका छन् भने बाल मन्दिरलाई प्रदेशस्तरको विशेष विद्यालयको रुपमा स्थापना गर्ने प्रक्रिया शुरु भइसकेको छ। त्यस्तै दाङका सात विद्यालयले नमूना विद्यालयको मान्यता पाएका छन्।