प्रतिनिधिसभाका सभामुख महरा दाङमा

चेतना अनलाइन

घोराही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा दाङ आएका छन् ।

चार दिनका लागि यस क्षेत्रका जनतासँग प्रत्यक्ष अन्र्तक्रिया गर्न महरा दाङ आइपुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् महराका तत्कालिन निर्वाचन परिचालन समिति प्रमुख हेमराज शर्मा ‘डायमण्ड’ ले चेतना अनलाइनलाई जानकारी दिए ।

हिजो बेलुकी दाङ आइपुगेका महरा आज विहा नै देखि जनतासँग अन्र्तक्रिया तथा भेटघाटमा व्यस्त छन् । अहिले उनी तत्कालिन जनमुक्ती सेनाको व्यारेक रेहको तुलसीपुर उपमहानगरपालिका स्थिति संक्राम व्यारेकको निरिक्षण गर्न गएका छन् । सो क्षेत्रमा अहिले क्रान्ति संग्राहलको प्रस्ताव गरिएको छ ।

त्यसैगरी विहान तुलसीपुरमा आर्युवेद चिकित्साको महत्व र आवश्यकताको वारेमा आयोजना गरिएको अन्र्तक्रियामा सहभागी हुने छन् । त्यसैगरी दंगिशरण दरवारको निरक्षण गर्ने कार्यक्रम रहेको शर्माले जनाए ।

त्यस लगत्तै महरा मानपुरको लालपुरमा गएर मतदातासँग अन्र्तक्रिया गर्ने छन् । महरा आज बेलुकी घोराही स्थित मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने छन् ।

दाङबाट निर्वाचित भएपछि महरा प्रत्यक महिना जसो जनतासँग प्रत्यक्ष अन्र्तक्रिया गर्न गृह जिल्ला आउने गरेका छन् ।