प्रकोपका बेला हरेक नागरिक कडा अनुशासनमा बस्नुको विकल्प छैन

प्रा. मधुसूदन सुबेदी

नेपालमा यसअघि विदेशबाट आएकामा मात्रकोरोना भाइरसको संक्रमण देखिएको थियो। प्रभावित राष्ट्रहरूबाट आएकाहरूमा संक्रमण देखिनुलाई पहिलो चरण भन्ने गरिन्छ।विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई संक्रमण भएको पुष्टी सँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो ।दोस्रो चरणमा केही व्यक्ति संक्रमित भएको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कलाई पछ्याउनु) गर्न सजिलो हुन्छ। ‘यो स्थितिमा आइसोलेसन, सेल्फ क्वारेन्टाइन,उपचार प्रक्रियाले संक्रमण थप फैलिनबाट जोगाउन सकिन्छ।

संक्रमणको दोस्रो चरण रोक्न नसके समुदायमा फैलन्छ, जसलाई तेस्रो चरण भनिन्छ। तेस्रो चरणमा मुलुक गयो भने ठूलो जनसंख्या संक्रमित हुन सक्छ। चौथो चरण संक्रमणको सबैभन्दा नराम्रो अवस्था हो।

यस अवस्थामा संक्रमणले महामारीको रूप धारण गर्छ जसलाई नियन्त्रण गर्न अत्यन्त गाह्रो हुन्छ। ‘हामीले जे, जसरी, जुन प्रकारले भए पनि संक्रमणको विस्तारलाई दोस्रो चरणबाट तेस्रोमा जान दिनु हुँदैन, नत्र हामी महामारीको भुमरीमा फस्छौं। विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका सबै व्यक्तिको सम्पर्क पछ्याउँदै परीक्षण, क्वारेन्टाइन, उपचार गरेर दोस्रो चरणलाई नियन्त्रण गर्न सकिन्छ।

दोस्रो चरणमा प्रवेश गरेपनि संक्रमितको संख्यार मानवीय क्षति सिमित रहोस भन्दै यस्तो विपत्तिमा सबैले आफ्नो सबै शिप र क्षमता अनुसार कोरोनाको सामना गर्नु बाहेक अरु विकल्प छैन । यो चरण नियन्त्रणका लागि पहिलोभन्दा जटिल हुन्छ । रोकथाम र उपचारमा तेस्रो र चौथो चरण झन् जटिल हुने भएकाले लकडाउनको समय बढाउनुनै बुद्धिमत्तापूर्ण निर्णय हुन्छ।

शहरी क्षेत्रमा यसको संक्रमण फैलियो भने नियन्त्रणका लागि निकै कठीन पर्नेछ । कोरोनासँग जुध्नका लागि नेपालमा आधुनिक उपकरण सहितको अस्पताल छैनन् ।

आफू बच्न र अरुलाई बचाउन के गर्ने र ?

१. परीक्षण दायरा बढाउनेस् परीक्षण दायरालाई व्यापक नबनाए संक्रमणले महामारी लिन्छ । लकडाउनको समय सदुपयोग गरेर संक्रमित पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ‘गाइडलाइन’ अनुसार जति सक्यो धेरै नमुना परीक्षण गर्नु पर्छ र राज्यले पनि सोहीअनुसार तयारी गर्नु पर्छ ।

लकडाउनको बेला मानिसघरमै रहेर संक्रमण रोक्न सघाइरहेको समयमा राज्यले परीक्षणको दायरामा व्यापक बनाउँदै रोगी पत्ता लगाएर आइसोलेसनमा उपचार गर्नुपर्ने हुन्छ । बढि जोखिमको सम्भावनालाई ध्यान दिदै समुदायमा परीक्षणको दायरामा बढाउनु पर्छ । यसको लागिराज्यले परीक्षणको प्रयोगशाला सङ्ख्या बढाउने, आवश्यक प्रयोगशाला, प्राविधिक र परीक्षण किटको व्यवस्थापनको लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको बीच समन्वय गर्ने ।

परीक्षणको दायरा विस्तार नहुँदा सम्म संक्रमण स्थानीय वा समुदायमा फैलिएको थाहा हुँदैन।सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्याापिड टेष्ट गर्ने भएको छ । यो स्वागतयोग्य निर्णय हो, यथासिघ्र कार्यन्वयनमा आउनु पर्छ ।

२. नेपाल-भारत सिमा क्षेत्रमा उच्चसतर्कताका साथ आवत-जावत रोक्नेस्भारत र नेपालका थुप्रै खुला नाकाबाट मानिसहरुको आवत-जावत छ, हाम्रा कतिपय समस्यापनि सामान किसिमका छन् र जोखिम पनि उस्तै किसिमको छ।भारतमा संक्रमण दर बढ्दो देखिएको छ।

त्यसैले हामीले समेत त्यही स्तरको सतर्कता अपनाउनुपर्छ। यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारले सुरक्षा निकायका प्रमुखसंगनयाँ परिस्थितिका सन्दर्भमा छलफल गर्न जरुरी छ। नेपाल-भारत सिमानामा गर्नु पर्ने कडिकडाउ पुगेको छैन ।नेपाल-भारत सिमा क्षेत्रमा उच्चसतर्कताका साथ तत्कालै आवत-जावत रोक्ने।सुरक्षा गस्ती वढाउने, जनतालाई यसको महत्व बुझाउने । जनताले बुझेर सजक हुन थालेभने कोरोना संक्रमण चेन ब्रेक गर्न सकिन्छ ।

३. कम्तिमा तिन हप्ता क्वारेन्टाइनमा बस्नेस् १४ दिन बित्दासमेत केहीलाई संक्रमण देखिएकाले क्वारेन्टाइनको सीमा बढाउन जरुरी देखिन्छ ।संक्रमितमा तत्कालै लक्षण नदेखिने र झट्ट हेर्दा स्थिति पनि सामान्य देखिने हुन सक्ने सम्भावना भएकालेतिन हप्ताक्वारेन्टाइनमा बस्ने बातावरण बनाउने ।

४. अत्यन्त जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कीनेस्हाम्रो सावधानीले नै हामी महामारीबाट जोगिन सक्नेछौं ।घरमै बस्ने, धेरै व्यक्तिसँग घुलमेल नहुने, पटक–पटक हात धुने।

५. टोल विकास समितिलाई सक्रिय बनाउनेस्हरेक वडामा विभिन्न टोल हुन्छन् र धेरैजसो वडामा टोल विकास समितिहरु छन्। यी समितिहरु विभिन्नरूपमा सक्रिय पनि छन्। यी समितिको अध्यक्षको अगुवाइमा हरेक घरको विवरण राखौं, घरको कुनै सदस्यले विदेश वा स्वदेशको अन्य कुनै ठाउँमा यात्रा गरेको छ भने विस्तृत विवरण राखौं। समिति नभएको टोलमा बनाउँ र सक्रियता बढाउने काम गरौं।

परिवारको कुनै सदस्यलाई कोरोना सम्बन्धि लक्षण देखापरेमा अध्यक्ष वा सचिव मार्फत नजिकको स्वास्थ्यकेन्द्र वा अस्पतालमा खबर गर्न सकिन्छ। यसो गर्दा लकडाउनको बेला औषधी र अत्यावश्यक खाद्यान्नको ओसारपसार गर्न सजिलो हुन्छ। जोखिममा परेका परिवारलाई आर्थिक सहयोग र भविष्यमा पर्न सक्ने समस्या समाधानका उपायहरुको व्यवस्थापन गर्न सकिन्छ।

६. संक्रमितलाई घृणा र हिंसा हुन नदिनेस् विदेशबाट फर्किएकाहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सर्वसाधारण सचेतन हुनु राम्रो हो तर परिवारहरुमाथि सामुदायिक घृणा हुनु हुदैन।

मानवीय संवेदना जोडिएका विषयमा हामी संवेदनशील हुनै पर्छ ।संक्रमितलाई छि(छि र दुर(दुर गरेमा सम्भावित र संक्रमितले रोग लुकाउने क्रम बढछ र बढी मान्छेहरु संक्रमणको जोखिममा पर्छन। सम्पुर्ण सावधानी अपनाऔ तर उनिहरुलाई हेयको दृष्टिले नहेरौ।

७. लकडाउनलाई निरन्तरता दिनेस्अमेरिकाले न्यूयोर्कका हरेक अस्पतालबाहिर मुर्दाघर बनाउन थालेको छ भने हाम्रो अवस्था के होला अनुमान गर्न कठिन छ ।

परीक्षण, संक्रमण पहिचान, अन्य व्यक्तिमा फैलिन नदिने लगायतका प्रक्रिया अपनाउँदै लकडाउनलाई निरन्तरता दिने ।नेपाल र भारतमा देखिएको संक्रमणको अवस्थालाई हेरेर मात्र लकडाउन खोल्ने निर्णय गर्ने।

८. स्थानीय रेडियो र अन्य सुचनाश्रोत मार्फत नागरिकलाईसजग तुल्याउनेस् यस्तो बेला सही र पारदर्शी सूचनाले नागरिकलाई सजग तुल्याउने मात्र होइन, गलत र अफवाह फैलाएर समाजलाई आतंकित बनाउने तत्व पनि निरुत्साहित गर्नु पर्छ।

यस्तो संगिन घडीमा ूसनसनीपूर्णू समाचार ूब्रेकूगर्ने होडबाजीमा संचारमध्यमहरुले गलत सूचना प्रवाह गर्नु हुदैन र संचार माध्यमहरु निकै सचेत र जिम्मेवार हुनु पर्छ ।

९. सक्नेले नसक्नेलाई सहयोग गर्नेस् देशको लकडाउन वैशाख महिना सम्म जान सक्छ । यस्तो अवस्थामा कोरोना भाइरस सँगसँगै भोक-भाइरसको बन्दोबस्ती पनि गर्नुपर्छ ।

अत्यावश्यक काममा बाहेक कसैलाई पनि बाहिर निस्कन प्रतिबन्ध लगाइएको लकडाउनमा अशक्तहरू, दैनिक ज्यालादारी कामले जीवन चलाइरहेका निजी क्षेत्रका श्रमिकहरु, रिक्सा चलाएर, ठेला चलाएर, डोकोमा सामान बोकेर दैनिक गुजारा चलाउनेहरुका लागि कोरोनाको कारण आर्थिक गतिविधि ठप्प हुँदा उनीहरुको चुल्हो निभ्दै छ ।

सरकारले घरमा बस भनेर मात्रै पुग्दैन, गरिबका समस्याबारे पनि योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।संघ, प्रदेश र स्थानीय तहमा अनेक शिर्षकमा निष्क्रिय रहेको कोष चलाउन सकिन्छ, गैर सरकारी सङ्घ सस्था लाई स्थानीय रुपमा परिचालन गर्नु पर्छ । साथै विभिन्न उद्योगी, व्यापारी, समाजसेवीसँग सहयोगको अपिल गर्ने सकिन्छ तर त्यो पारदर्शी हुनुपर्छ ।

१०. गाउँगाउँमा रहेकारक्सि भट्टी र चिया पसल पनि बन्द गर्नेस् हामी कहिलेकाही सहर केन्द्रित हुन्छौं तर गाउँ गाउँमा रहेका रक्सि भट्टी र चिया पसलपनि रोग सार्ने उपयुक्त ठाउँ हुनसक्छ, यसलाई कडाइका साथ बन्द गर्न स्थानीय सरकार र नागरिकले पहल गर्नु पर्छ ।

र अन्तमा,
कोरोनाभाइरस सँग लड्नको लागि राज्य र जनता दुवैको उत्तिकै जिम्मेवारी छ ।यस्तो बेला नागरिकले धैर्यता र संयमता अपनाउनुको विकल्प छैन ।संक्रमण फैलियो र महामारी भयो भने हाम्रो साधनस्रोत र सामथ्र्यले नियन्त्रण गर्न सक्दैन।प्रकोपका बेला हरेक नागरिक कडा अनुशासनमा बस्नुको विकल्प छैन ।

आफू जोगिनु पर्छ र अरुलाई पनि जोगाउनुनै उत्तम उपाय हो ।कराही बसालेर तरकारी किन्न जाने र तरकारी ल्याए पछि तेल, नून र मसलाको खोज्न हिडेर कोरोनको कहर बाट बच्न सकिदैन।

(दाङ निवासी सुवेदी पाटन स्वास्थ बिज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहन्छ)

प्रकाशित मिति: April 05, 2020