पूर्वमन्त्री शर्मा दाङमा

चेतना अनलाइन

घोराही । पूर्व मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रभावशाली नेतृ रेखा शर्मा दाङ आएकी छन् ।

जिल्लाका विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागि हुन् शर्मा बिहिवार बेलुकी दाङ आइपुगकी हुन् । उनी आज र भोली जिल्लाका विभिन्न क्षेत्रका कार्यक्रममा सहभागि भएर पर्सी आइतवार काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।

विशेषतः आज दाङमा आयोजना गरिएको रेडियो नेपालको कार्यक्रममा सहभागी हुन शर्मा दाङ आएको उनको निजी सचिवालयले जनाएको छ । दाङमा रेडियो नेपालको प्रदेश कार्यालय स्थापनका लागि पूर्व मन्त्री शर्मा सहित यस क्षेत्रका नेताहरुले विशेष पहल गरेका थिए ।

रेडियो नेपालले आज देखि दाङबाट पनि समाचारमुलक कार्यक्रमहरु प्रशारण गर्न शुरु गर्दै छ । कार्यक्रमको उद्धघाटन गर्न सञ्चारमन्त्री गोकुल वास्कोटा दाङ आइसकेका छन् ।

पूर्व मन्त्री शर्मा रेडियो नेपालको उद्घाटन कार्यक्रम बाँहेक अन्य आधा दर्जनभन्दा बढी कार्यक्रममा सरिक हुने उनको स्वकिय सचिव सन्तोष पोख्रेलले जानकारी दिए । ‘माननीय ज्यूको गृह जिल्ला भएकाले पनि दाङको विकास निर्माणमा विगत देखि नै विशेष ध्यान दिइरहनुभएको छ,’ उनले भने, ‘पटक पटक दाङ आएर यस क्षेत्रका जनताको समस्या बुझ्दै केन्द्रमा गएर समाधानका लागि पहल गरिरहनुभएको छ ।’

शर्मा मन्त्री हुँदा दाङमा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य बजेट विनियोजन भएको थियो ।