पूर्वगृहमन्त्रीकै ढाडमा प्रहरीले लगातार लाठी प्रहार गरेपछि

(तस्विर) नेपाल लाइभ

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहितका नेताहरुमाथि उनीहरुकै कार्यक्रममा प्रहरीले लगातार लाठीचार्ज गरेको छ।

हिन्दू राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी थापासहितका नेता पक्राउ परेको राप्रपा प्रवक्ता भुवन पाठकले बताएका छन्।

अध्यक्ष कमल थापासहित दीपक बोहरा, बुद्धिमान तामाङलगायतका नेतामाथि प्रहरीले लाठीचार्ज गरी पक्राउ परेकाे उनले बताए।

शान्तिपूर्ण आन्दोलनका क्रममा पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

घाइते ४० भन्दा बढी कार्यकर्ताहरुको मोडल हस्पिटलमा उपचार भइरहेको उनको भनाइ छ।

जब भाषण गरिरहेका कमल थापाको भ्यान प्रहरीले गुडायो …

सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै पार्टीले आयोजना गरेको प्रदर्शनका क्रममा राप्रपा अध्यक्ष कमल थापा पद्मोदय मोडमा भाषण गरिरहेका थिए ।

रत्नपार्कबाट सुरु भएको प्रदर्शन पद्मोदय मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । नेताहरु भ्यानमा चढेर भाषण गरेका थिए । प्रदर्शन अवधिभर सवारी साधनलाई रोकेको प्रहरीले २ बजेपछि तपाईंहरुको समय सकियो भन्दै एकतर्फी सवारी सुचारु गर्‍यो ।

भाषण गरिरहेका थापा प्रहरीसँग रिसाए र आफ्नो कार्यकर्तालाई बाटो बन्द गर्न निर्देशन दिए । राप्रपा कार्यकर्ताले बाटो बन्द गर्न खोजेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भयो ।
थापा भाषण गरिरहेका थिए । गोली नै हाने पनि आफूहरु पछि नहट्ने भनिरहेका थिए ।

एकाएक गाडी गुड्यो । भएछ के भने प्रहरीले भ्यानका चालकलाई हटाएर आफैं गाडी चलाएको रहेछ । थापासँगै नेताहरु दिपक बोहोरा र बृद्धिमान तामाङ भ्यानमै बसेको अवस्थामा प्रहरी घेरामा परे ।

तर, कार्यकर्ताले गाडी लैजान नदिएपछि प्रहरीले सडकको एउटा किनारामा राख्यो र नेताहरु गाडीबाट झर्न भ्याए । प्रहरी र कार्यकर्ताबीच थापालाई लिएर तानातान भएको भन्दै राप्रपा नेता मोहन श्रेष्ठ भन्छन्, ‘अध्यक्षलाई पुलिसबाट खोसेर ल्याइयो ।’

कमल थापा १० मिनेट प्रहरी नियन्त्रणमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले १० मिनेट नियन्त्रणमा लिएर छाडेको छ।

देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम भइरहेका बेला सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडमा प्रहरीले थापालाई नियन्त्रणमा लिएपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच केहीबेर तनाव उत्पन्न भएको थियो।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले शान्तिपूर्ण धर्ना गर्दा प्रहरीले अध्यक्ष थापालाई १० मिनेट नियन्त्रणमा लिएको र प्रदर्शनकारीले अध्यक्षलाई प्रहरी नियन्त्रणबाट छुटाएको बताए।

‘शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गर्‍यो। अध्यक्षलाई नियन्त्रणमा लियो,’ उनले सेतोपाटीसँग भने, ‘प्रहरी र प्रदर्शनकारीबीच खोसाखोस गरेर अध्यक्षलाई प्रहरीबाट नियन्त्रणमुक्त गर्‍यौं।’

उनका अनुसार झडपमा परी सय जनाभन्दा बढी कार्यकर्ता घाइते भएका र उपचारका लागि बागबजारस्थित मोडल अस्पतालामा लगिएको बताए।

राप्रपाले सरकारसमक्ष पेश गरेको २२ बुँदे कार्यान्वयन गर्न दबाब दिन सोमबार दिउँसो धर्ना र प्रदर्शन कार्यक्रम गरेको थियो। राप्रपाले राजासहित लोकतन्त्र स्थापना गर्न गोलमेच सम्मेलन, हिन्दुराष्ट्रको माग गर्दै आएको छ।