पार्टी नेतृत्वमाथि भएको असाधारण हम’लाप्रति कर्यकर्ताले प्रतिवाद गर्नुगर्नुपर्छ : शंकर पोखरेल

बुटवल। प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सरकार र पार्टी नेतृत्वमाथि असाधारण रुपमा हम ला भइरहेको भन्दै प्रति वाद गर्नुपर्ने आधार राखेका छन्। सरकार, पार्टी र नेतृत्वमाथि भइरहेको यो ह मला सरकारको कमजोरीका कारण नभई नियोजित रुपमा भएको उनको निष्कर्ष छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ रुपन्देहीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अब नेता कार्यकर्ता हम’लाको प्रति’वादमा उत्रनैपर्ने बताए। सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश ५ का इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले दुईवटा ठूला पार्टीलाई मिलाएर एउटा शक्ति शाली कम्युनिष्ट पार्टी निर्माण गरेकाले त्यसबाट अत्तालिएका र निराश भएकाहरुले पार्टी, सरकार र नेतृत्वमाथि असाधारण हम ला गरिरहेको बताए।

‘एकताबाट अत्तालिएका र निराश भएकाहरुले यो एकतालाई कसरी कमजोर पार्न सकिन्छ, नेताहरुलाई कसरी बदनाम गर्न सकिन्छ भन्ने अर्थमा नियोजित रुपमा प्रचार अभियान चलाएका छन्,’ पोखरेलले भने। तत्कालीन एमाले र माओवादी केन्द्रले दुईवटा पार्टीलाई एकताबद्ध गरेर दुनियाँका सामु चुनौति खडा गरेको तर त्यो चुनौतिलाई सामना गर्न कार्यकर्ता पंक्ति तयार गर्न नसकेको उनको भनाइ थियो।

‘कार्यकर्ता पंक्तिलाई चुनौति सामनाका लागि तयार गर्न नसक्नु हाम्रो कमजोरी थियो,’ पोखरेलले भने। विरोधीहरुले हम ला गरिरहँदा पनि पार्टी कार्यकर्ताहरु उदासिन भएर बसिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले नियोजित हम’लाको प्रतिवाद गर्न निर्देशन दिए। पार्टी, सरकार र नेतृत्वमाथि भइरहेको यो ह म ला वस्तुगत जगमा उभिएर भएको छैन,’ पोखरेलको भनाइ थियो।

सरकारले सिण्डिकेट अन्त्य गर्न खोज्दा यातायात व्यवसायीहरु सरकारवि रुद्ध उत्रिएको, मेनपावर व्यवसायीहरुले गरिरहेको ठगी नियन्त्रण गर्न खोज्दा वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरु सरकारविरुद्ध उत्रिएको भन्दै उनले राम्रो काम गर्न खोज्दा हुने प्रहा रबाट सरकार नडराउने प्रष्ट पारे।

उनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सुधारका धेरै राम्रा काम अगाडि बढाएको तथ्य पनि राखे। प्रदेश पाँच सरकारले मात्रै गत वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गरेको उनको भनाइ थियो।