नेकपा घोराहीको सचिवमा प्रमोद शर्मा

चेतना अनलाइन

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगर कमिटिको सचिव पदमा प्रमोद शर्मा चयन भएका छन्

नेकपा दाङको आज बसेको पदाधिकारी बैठकले शर्मालाई घोराही नगर कमिटिको सचिवमा नियुक्त गरेको जिल्ला सचिव सुवास पुनले जानकारी दिए । नेकपा दाङमा अहिले अध्यक्ष र सचिव सम्मिलत पदाधिकारी छ ।

सभामुख कृष्णबहादुर महराका स्वाकिय सचिव समेत रहेका शर्मा यस अघि साविक माओवादी केन्द्र घोराही नगर कमिटिको उपाध्यक्ष थिए ।

यसअघि नेकपाको नगर सचिव रहेका विश्वराज आचार्यले राजिनामा दिए पछि उक्त पद रिक्त रहेको थियो । आचार्यले घारायशी कार्य व्यस्तताको कारण देखाउँदै राजिनामा दिएका थिए । नयाँ सचिव नियुक्तीमा ढिलाई हुँदा घोराहीमा वडा कमिटिहरु गठन हुन सकेका थिएनन् ।