नेकपा अध्यक्ष प्रचण्ड कार्तिक २० गते दाङ आउने

चेतना अनलाइन

घाेराही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” कार्तिक २० गते दाङ अाउनुहुने भएकाे छ ।

नेकपा दाङले तुलसीपुरमा अायाेजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड अाउने नेकपा दाङका इञ्चार्ज जीवन गाैतमले जानकारी दिनुभयाे ।

प्रचण्डसँगै पार्टी महासचिव विष्णु पाैडेल पनि अाउनुहुने उहाँले जानकारी दिनुभयाे । नेकपाले पार्टी एकता पछि अध्यक्षकाे सहभागीतामा पहिलाे पटक दाङमा बृहत् कार्यकर्ता प्रशिक्षण अायाेजना गर्दै छ ।

प्रशिक्षण पार्टी एकता, पार्टीकाे नीति बिचार, अासन्न उपनिर्वाचन लगायतका विषयमा केन्द्रित हुने गाैतमले जानकारी दिनुभयाे ।