नेकपाले उम्मेद्वारको टुंगो भोली लगाउने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएकाे छ। बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सन्दर्भमा छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिसहरुको अध्ययन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार नेकपा सचिवालयकाे अर्काे बैठक आइतबार (भाेलि) बस्नेछ। आइतबार बस्ने नेकपाको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र कतिपय ठाउँमा मेयरहरुको पनि घोषणा गर्नुपर्ने रहेको भन्दै ती उम्मेदवारहरुको भोलि आफ्नो तर्फबाट घोषणा हुने प्रवक्ता श्रेष्ठले बताए।