दाङ चेम्बर अफ कमर्शको अध्यक्ष महरा

चेतना अनलाइन

घोराही । दाङ चेम्बर अफ कमर्शको अध्यक्षमा श्रीधर महरा सर्वसम्मत चयन भएका छन् ।

दाङ चेम्बर अफ कमर्शको शनिवार घोराहीमा सम्पन्न प्रथम जिल्ला अधिवेशन तथा साधारण सभाले महराको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

महरा चेम्बरको तदर्थ समितिको कार्य समिति सदस्य हुँदै उपाध्यक्ष भएर काम गरिसकेका थिए ।
एक वर्ष पहिले गठन भएको चेम्बर यस अघि आन्तरिक किचलोमा फसेको थियो ।

पदाधिकारीहरुबीच विवाद हुँदा स्थापनाकै चरणमा चेम्बरका कतिपय निर्णयहरु विवादित बनेका थिए । महरा सरल स्वभाव र समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने व्यक्ति भएकाले आगामी दिनमा चेम्बरले व्यवसायीहरुबीचमा एकता पैदान गर्ने अपेक्षा गरिएको छ ।